images
images

रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणमा १ जनाको मृत्यु, २ घाइते

रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणमा १ जनाको मृत्यु, २ घाइते

मंगलवार, पुस १० २०८०
मंगलवार, पुस १० २०८०
  • images
    images
    रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणमा १ जनाको मृत्यु, २ घाइते

    मस्को / रुस नियन्त्रित क्रिमियाली बन्दरगाह शहर फियोडोसियामा मङ्गलबार भएको युक्रेनी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको सो क्षेत्रका गभर्नरले  जानकारी दिनु भएको छ ।

    images
    images

    "दुर्भाग्यवश, फिओडोसियामा शत्रुको आक्रमणमा परी एक जना व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्," सर्गेई अक्स्योनोभले टेलिग्राममा उल्लेख गर्नु भएको छ । आक्रमणबाट छवटा भवनहरू क्षतिग्रस्त भएको र त्यहाँका बासिन्दाहरूलाई अन्यत्र सारिएको जनाइएको छ ।

    युक्रेनको वायुसेनाले मङ्गलबार मस्कोको कीभ विरुद्धको युद्धमा ड्रोन बोकेको आशंकामा फिओडोसिया नजिकै रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ।

    अक्स्योनोभले जनाए अनुसार "बन्दरगाह क्षेत्र घेराबन्दी गरिएको छ ।"
    युक्रेनले बारम्बार क्रिमियामा विशेषगरी रुसी सेनालाई लक्षित गरी हमला गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार