images
images

१० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पुरा

१० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पुरा

बिहिवार, पुस १२ २०८०
बिहिवार, पुस १२ २०८०
  • images
    images
    १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पुरा

    काठमाडौँ / सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । सरकारले यस वर्ष १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । नेपालमा पर्यटन बोर्डको तथ्याङ्क अनुसार डिसेम्बर अन्तिम साता अर्थात बुधबार राति ९ बजेसम्म १० लाख एक हजार आठ सय ४४ पर्यटक भित्र्याएर सरकारले आफ्नो लक्ष्य पुरा गरेको हो । 

    images
    images

    पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पुरा भएको बताएका छन् । “यो बर्ष सकिन अझैँ तिन दिन बाँकी छ । तर, तिन दिन अघि नै सरकारी लक्ष्य पुरा भएको छ,” उनले भने, “सन् २०१९ पछिको यो नै सबैभन्दा बढी आगमन हो । यसले पर्यटन क्षेत्रमा उत्साह थपेको छ ।”

    कोभिड–१९ अघि अर्थात सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । २०२२ मा यो आकार ६ लाख १४ हजार १ सय ४८ थियो । सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए  सन् २०२० मा नेपाल भित्रिने विदेशी पाहुनाको संख्या २ लाख ३० हजार ८५ थियो ।

    यसरी हेर्ने हो भने, कोरोनाले सिथिल बनाएको पर्यटन क्षेत्र छोटो समयमै रिकभर भएको देखिएको छ। तर पनि समयमा नै राम्रो मार्केटिङ गर्न सकिएको भए लक्ष्यमा थप ३ प्रतिशत पर्यटक आगमन थपिने उनले बताए ।

    pancha kot.JPG

    भारतपछि अमेरिकाबाट भित्रिए धेरै पर्यटक, तेस्रो नम्बरमा चिनियाँ 

    विगतमा जस्तै सन् २०२३ मा पनि खुला सीमा रहेको छिमेकी भारतबाटै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपाल भित्रिएका १० लाख पर्यटकमा तीन लाख १३ हजार नौ सय एक पर्यटक भारतीय छन् । सन् २०१९ मा नेपाल भित्रिएका भारतीय पाहुनाको संख्या २ लाख ५४ हजार थियो । 

    त्यस्तै, अमेरिकाबाट ९९ हजार तीन सय २६ जना पर्यटक नेपाल आएका छन् । सन् २०१९ मा नेपाल भित्रिएका अमेरिकन पर्यटकको संख्या ९३ हजार थियो । यता, चीनबाट ५९ हजार पाँच सय ८३ पर्यटक भित्रिए । कोभिडअघिसम्म भारतीयपछि सबैभन्दा चिनियाँ पर्यटक भित्रिन्थे । चीनले आफ्ना नागरिकलाई लामो समय भ्रमणमा निस्कन कडाइ गरेपछि नेपाल भित्रिने चिनियाँ घटेका हुन् । 

    त्यस्तै, संयुक्त अधिराज्य (युके)बाट ५२ हजार चार सय ९६ पर्यटक भित्रिँदा अस्ट्रेलियाबाट ३८ हजार एक सय ४९, बंगलादेशबाट ३५ हजार चार सय ९२, जर्मनीबाट २६ हजार सात सय ९३, थाइल्यान्डबाट २५ हजार दुई सय ७०, साउथ कोरियाबाट २३ हजार चार सय ३७ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ । पछिल्लो समय बंगलादेशबाट पनि ठूलो संख्यामा पर्यटक आउन थालेका छन् । भदौ पहिलो साता एकैपटक सात सय बंगलादेशी पर्यटक जहाज चार्टर्ड गरेर नेपाल घुम्न आएका थिए ।

    कुन महिनामा कति पर्यटक भित्रिए ?

    pancha kot.JPG

    ९ बर्षमा ६६ लाख पर्यटक नेपालमा

    पछिल्लो ९ वर्षमा विदेशी पर्यटकको नेपाल घुम्ने चाहनामा निकै उतारचढाव देखिएको छ । सन् २०१४ मा दक्षिण एसिया, एसिया, अमेरिका, युरोप, अष्ट्रेलियासहितका मूलुकबाट ७ लाख ९० हजार ११८ विदेशी पर्यटक नेपाल आएका थिए । यस्तै, सन् २०२२ मा भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया र बंगलादेशसहितका मूलुकबाट ६ लाख १४ हजार १४८ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

    यसरी पर्यटक आगमनको ९ बर्षे तथ्याङ्क हेर्ने हो भने ९ बर्षमा ६६ लाख १७ हजार ८५१ जना विदेशी पर्यटक नेपाल आएका छन् । 

    कुन बर्षमा कति पर्यटक नेपाल आए ? 

    pancha kot.JPG

    २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरिने ! 

    सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्ला तीन पटकको भ्रमण वर्ष घोषणाबाट असफल भएसंगै सन् २०२३ देखि सन् २०३३ लाई भ्रमण दशककै रूपमा मनाउने घोषणा गरेको हो ।

    सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेकोमा जम्मा २ लाख मात्र पर्यटक भित्रिएका थिए ।

    तर, यो पटक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण दशक घोषणा गरेको सरकारले सुरुवाती वर्षमा नै सफलता प्राप्त गरेको छ । सन् २०२३ मा १० लाख पर्यटक भित्र्याएको सरकारलाई आफ्नो लक्ष्य भेट्न अब २५ लाखको मात्र आवश्यक छ । 

    तथापि, कोभिड–१९ अघिकै लय वार्षिक १२ लाख बढी पर्यटक भित्र्याउने तयारीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड लगायत पर्यटन सम्बद्ध निजी क्षेत्रहरू रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार