पोखरा / पोखरा सडक महोत्सवको २५ औं संस्करण आजदेखि सुरु भएको छ । सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)को आयोजनामा हुने यो महोत्सवम १६ गतेसम्म चल्नेछ ।
पोखरा लेकसाइडको ३ किलोमिटर क्षेत्रफलमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रदर्शन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरी महोत्सव मनाइदैछ ।
हेर्नुस् तस्बिरमा