images
images

आगामी तीन दिनसम्म यी प्रदेशहरूमा हुस्सु, कुहिरो र हिमपातको सम्भावना

आगामी तीन दिनसम्म यी प्रदेशहरूमा हुस्सु, कुहिरो र हिमपातको सम्भावना

शुक्रवार, पुस १३ २०८०
शुक्रवार, पुस १३ २०८०
  • images
    images
    आगामी तीन दिनसम्म यी प्रदेशहरूमा हुस्सु, कुहिरो र हिमपातको सम्भावना

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको छ।

    images
    images

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम हुस्स र कुहिरो लागेको छ ।

    शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, लुम्बिनी र गण्डकी  प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

    कोशी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आइतबार कर्णाली र गण्डकी  प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । 

    सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेश सहित कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। 

    कर्णाली, गण्डकी तथा कोशी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार