images
images

बैङ्किङ क्षेत्रको लगानीले उत्पादन र रोजगारी वृद्धि अपेक्षाअनुसार गर्न सकेन : उपाध्यक्ष श्रेष्ठ

बैङ्किङ क्षेत्रको लगानीले उत्पादन र रोजगारी वृद्धि अपेक्षाअनुसार गर्न सकेन : उपाध्यक्ष श्रेष्ठ

शुक्रवार, पुस १३ २०८०
शुक्रवार, पुस १३ २०८०
  • images
    images
    बैङ्किङ क्षेत्रको लगानीले उत्पादन र रोजगारी वृद्धि अपेक्षाअनुसार गर्न सकेन : उपाध्यक्ष श्रेष्ठ

    काठमाडौँ / राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठले बैङ्किङ क्षेत्रको लगानीले अपेक्षा अनुसार उत्पादन र रोजगारी वृद्धि गर्न नसकेको बताएका छन् । शुक्रबार बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को चौथो वार्षिक साधारण सभा उद्घाटनको क्रममा बोल्दै उनले उत्पादन र रोजगारीमा वृद्धि भएमा बैङ्कहरूलाई नै फाइदा पुग्ने भन्दै यस्तो बताएका हुन् । 

    images
    images

    उपाध्यक्ष श्रेष्ठले देशमा भइरहेको उत्पादन घटेको र नयाँ उत्पादन नभएको भन्दै हरेक कुरा बाहिरबाट आयात गरिँदा समस्या सिर्जना भएको बताए । 

    एउटा क्षेत्रको समस्या समाधान गर्दा अर्को क्षेत्रमा थप समस्या निम्तिने अवस्था रहेको बताउँदै उनले अहिले नीति निर्माता तहमा बुझाइको एकरूपता ल्याउँदै सङ्गठित र सहयोगी रूपले अगाडि बढाउनुपर्ने अवस्था रहेको र यसमा सिबिफिनले नेतृत्व गर्ने र समग्र बैङ्किङ क्षेत्रले नयाँ भूमिका खेल्नुपर्नेमा जोड दिए । 

    उनले भने, “अहिलेसम्म करिब ६० खर्बको डिपोजिट बैङ्किङ क्षेत्रमा छ र, करिब मोटामोटी ५० खर्बको लगानी भइरहेको छ । त्यो लगानीले उत्पादन र रोजगारी वृद्धि गर्दै नगरेको हैन तर, अपेक्षाअनुसार छैन । यो क्षेत्रले उत्पादन र रोजगारी वृद्धि गर्यो भने त्यसको पहिलो लाभ बैङ्क तथा वित्तीय क्षेत्रलाई नै हुन्छ,” उनले भने, “उत्पादन र रोजगारीमा वृद्धि भए बैङ्कहरूलाई नै फाइदा हुन्छ ।”

    बैङ्क तथा वित्तीय क्षेत्र सबल भएमा मात्रै अरु क्षेत्र सबल हुने भन्दै उपाध्यक्ष श्रेष्ठले थपे, “यसमा सरकारको पनि ध्यान छ । सरकारबाट आफ्नो वित्त र मौद्रिक नीतिको तर्फबाट नियमन गर्ने र सहयोगको काम भइरहेको छ ।”

    ठमेलस्थित अलफ्ट होटेलमा भएको उक्त सभालाई सम्बोधन गर्दै उनले सिबिफिनको स्थापनापछि देशको बैङ्क तथा वित्तीय क्षेत्रमा के गर्नुपर्छ भन्ने विषयमा छलफल गर्दै नीति निर्माणका लागि सकारात्मक काम गरिरहेको बताए । देशका विभिन्न क्षेत्रमध्ये अन्तर्राष्ट्रिय मानक भएको क्षेत्र बैङ्क तथा वित्तीय क्षेत्र रहेको उनको भनाइ छ । 

    बैङ्किङ क्षेत्रका कारण अहिले देशका विभिन्न क्षेत्रले उपलब्धि हासिल गरिरहेको भन्दै उनले त्यसका लागि धन्यवादसमेत ज्ञापन गर्दै उपाध्यक्ष श्रेष्ठले १६औँ योजनामा बैङ्क तथा वित्तीय क्षेत्रलाई समेटेर लैजाने बताए । 

    त्यस्तै, सोही अवसरमा योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले सिबिफिनले अध्ययन र अनुसन्धानमा आधारित रहेर तथ्यपरक काम गर्ने गरेको भन्दै अन्य संस्थाले पनि यसको अनुशरण गर्न आवश्यक रहेको बताए । सिबिफिनले थिंक ट्यांकसँग जोडिएर अध्ययन अनुसन्धानसहित काम गरिरहँदा यसको महत्त्व बढिरहने उनको भनाइ छ । 

    उनले आफूहरू १६औँ योजना तयारीको अन्त्यमा रहेको हुँदा सिबिफिनले दिएका सुझावहरू महत्वपूर्ण रहेको बताए । निर्माण क्षेत्र वित्तीय समस्याबाट मुक्त नभएसम्म उत्पादन र उत्पादकत्व नबढ्ने तथा युवाले रोजगारी नपाउने पनि उनको भनाइ छ । 

    त्यसका लागि २० प्रतिशतसम्म ऋण रकम निर्माण क्षेत्रमा लगानी हुने वातावरण बन्नुपर्ने उनले बताए । उनले निर्माण क्षेत्रलाई दिइने ऋणदर र सेवा क्षेत्रका लागि दिइने ऋणदर फरक हुनुपर्ने पौडेलको भनाइ छ । ऋणदर निर्माण क्षेत्रलाई दुई प्रतिशत कम हुने गरी कायम गर्नुपर्ने उनले बताए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार