images
images

मौसम : पहाडी भूभागमा बदली हुँदा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु लाग्ने

मौसम : पहाडी भूभागमा बदली हुँदा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु लाग्ने

आइतवार, पुस १५ २०८०
आइतवार, पुस १५ २०८०
  • images
    images
    मौसम : पहाडी भूभागमा बदली हुँदा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु लाग्ने

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका स्थानहरूमा हुस्सुरकुहिरो लागेको अवस्था छ ।

    images
    images

    आज आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    सोमबार देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ र बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, बागमती र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    मङ्गलबार कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ र बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, बागमती र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपात तथा तराईका भूभागमा बिहानीपख हुस्सु र कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार