काठमाडौँ / मल्टीपर्पस फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै कम्पनीले गत अर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा पठाएको जानकारी दिएको छ ।