images
images

सोमबार पनि घट्यो सेयर बजार, वित्त समूहमा लगानीकर्ताको आकर्षण

सोमबार पनि घट्यो सेयर बजार, वित्त समूहमा लगानीकर्ताको आकर्षण

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • images
    images
    सोमबार पनि घट्यो सेयर बजार, वित्त समूहमा लगानीकर्ताको आकर्षण
    images
    images

    काठमाडौँ / सोमबार पनि सेयर बजार ओरालो लागेको छ । यो दिन नेप्से परिसूचक नेप्से १०.६१ अङ्कले घटेर २६३३.३२ विन्दुमा पुगेको हो । आइतबारको तुलनामा सोमबार कारोबार रकमसमेत घटेको छ । अघिल्लो कारोबार दिन ९ अर्ब १२ करोडको सेयर कारोबार भएकोमा सोमबार ८ अर्ब ९२ करोडको सेयर खरिदबिक्री भएको छ । 

    images
    images

    आज ३१२ वटा धितोपत्रको १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर किनबेच भएको हो।

    सोमबार १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ वटाको घटेको छ। ९ ओटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो । 
    यो दिन ३१२ धितोपत्रको १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

    यसदिन न्यादी हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। यसैगरी, जानकी फाइनान्सको मूल्य ९.९८ प्रतिशतले बढेको छ । 

    यता, सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्टको सेयर मूल्य घटेको छ । आज यो कम्पनीको सेयर मूल्य ८.४६ प्रतिशतले घटेको हो।

    यस्तै, उपकार लघुवित्तको मूल्य ६.५० प्रतिशतले घटेको छ । 

    सोमबार सिन्धु विकास बैंकको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १३८ रूपैयाँ ९० पैसामा २९ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सप्तकोशी विकास बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ४६० रुपैयाँमा २८ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । 

    सोमबार वित्त, विकास बैंक, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक बढेको छ । 

    त्यस्तै, व्यापार, अन्य, निर्जीबन, म्युचुअल फण्ड, बैंकिङ, होटल तथा पर्यटन, लगानी र जीवन बिमा समूहको परिसूचक घटेको छ ।

    यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.४६ प्रतिशतले बढेको छ। यस्तै, व्यापार समूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले घटेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार