images
images

गण्डकी प्रदेशको औद्योगिक उत्पादन क्षमता बढ्दो

गण्डकी प्रदेशको औद्योगिक उत्पादन क्षमता बढ्दो

आइतवार, पुस २२ २०८०
आइतवार, पुस २२ २०८०
  • गण्डकी प्रदेशको औद्योगिक उत्पादन क्षमता बढ्दो

    काठमाडौँ / आर्थिक बर्ष २०७९/८० मा गण्डकी प्रदेशको उद्योगहरुको औसत क्षमता उपयोग गत वर्षको तुलनामा २.२ प्रतिशत बिन्दुले वृद्धि भएको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणका अनुसार आर्थिक वर्ष २०७९/८० मा नमुना छनोटमा समेटिएका १४ उद्योगहरुको औसत क्षमता उपयोग गत वर्षको सोही अवधिको तुलनामा २.२ प्रतिशत बिन्दुले वृद्धि भई ४५.८ प्रतिशत पुगेको हो । 

    सर्वेक्षण अनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी तेल र चकलेट उत्पादनको क्षमता उपयोग बढी देखिएको छ । यस प्रदेशमा खाने तेल उद्योगको क्षमता उपयोग ९६.७६ प्रतिशत, चकलेट उद्योगको ७४.५७ प्रतिशत रहेको छ । 

    यस्तै, बिस्कुटको ६२.८० प्रतिशत, वियरको ६३.८९ प्रतिशत, इट्टाभट्टाको ५४.९९ प्रतिशत, लिक्विड औषधीको ५१.९० प्रतिशत), क्याप्सुलको ३५.८ प्रतिशत, ओइन्टमेण्टको १०.१५ प्रतिशत र ड्राइ सिरपको क्षमता उपयोग ७.९६ प्रतिशत रहेको छ ।

    प्रमुख औद्योगिक वस्तुको क्षमता उपयोग (प्रतिशतमा) 

    1.JPG

    समीक्षा वर्षमा प्रशोधित दुधको उत्पादन २२.२३ प्रतिशत, चकलेटको १४.७१ प्रतिशत, सिमेण्ट ५.९४ प्रतिशत, चुरोटको ३.४४ प्रतिशत र ट्याव्लेटको उत्पादन ३.१३ प्रतिशतले वृद्धि भएको छ भने ओइन्टमेन्ट, क्यापसुल, चाउचाउ, लिक्विड र ईंटाको उत्पादन क्रमशः ३२.०७ प्रतिशत, २१.८९ प्रतिशत, १५.३४ प्रतिशत, ९.७३ प्रतिशत र ५.७७ प्रतिशतले कमी आएको छ ।

    1.JPG

    त्यसैगरी, २०७९ फागुनसम्म गण्डकी प्रदेशमा दर्ता भएका उद्योगको संख्या ७१ हजार ८ सय ९७ पुगेको छ भने दर्ता भएका वाणिज्य फर्मको संख्या ६८ हजार ३ सय ६४ पुगेको बैंकले जनाएको छ । 

    आर्थिक वर्ष २०७९/८० को फागुनसम्ममा गण्डकी प्रदेशमा ८३० उद्योग दर्ता भएका छन् । यी उद्योगमा ५ खर्ब ९७ अर्ब २५ करोड रुपैयाँ लगानी स्वीकृत भई उद्योगको सञ्चालनबाट ४० हजार ९३ रोजगारी सिर्जना हुने अनुमान रहेको छ ।

    आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा १७.३६ प्रतिशत रहने अनुमान रहेको छ । गत वर्ष यस्तो हिस्सा १७.७ प्रतिशत रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार