images
images

यस्तो छ गरिमा क्यापिटलको गज्जबको लगानी व्यवस्थापन सेवा

यस्तो छ गरिमा क्यापिटलको गज्जबको लगानी व्यवस्थापन सेवा

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • यस्तो छ गरिमा क्यापिटलको गज्जबको लगानी व्यवस्थापन सेवा

    काठमाडौं/ गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुका लागि गज्जबको लगानी व्यवस्थापन सेवा योजना ल्याएको छ ।  

    images
    images

    यो योजना माघ १ गतेदेखि माघ मसान्तसम्म मात्र लागू हुने जनाएको छ । योजना अन्तर्गत लगानी व्यवस्थापन सेवा (Portfolio Management Service मा वार्षिक व्यवस्थापन शुल्क नलाग्ने र ग्राहकहरुले सेवाबाट  बाहिरिदा पनि बिना कुनै शुल्क बाहिरन सकिने सुविधा दिएको छ । क्यापिटलले आफ्नो प्रदर्शनका आधारमा १० प्रतिशत मात्र कार्य सम्पादन शुल्क लिनेछ । 

    क्यापिटलले यो सेवा माघ मसान्तसम्म प्राकृतिक व्यक्तिहरुको लागि मात्र लागू गरेको छ । साथै, योजना उपभोग गर्न न्युनतम लगानी रकम वा शेयर दश लाखको हुनुपर्ने छ । यो योजना उपभोग गर्न इच्छुक ग्राहकहरुले सिधै क्यापिटलमा सम्पर्क गरेर, गरिमा विकास बैंकका शाखा कार्यालयहरुमार्पmत वा ध्जWhatsapp/Viber/Social Media बाट समेत सम्पर्क गरेर प्राप्त गर्न सक्नेछन् ।

    गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा (Portfolio Management Services – PMS)  तथा निक्षेप सदस्य-Depository Participant  ( डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु व्रmमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढाउने जानकारी गराएको छ । 

    गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार