images
Logo
images
images
images

६ महिनामा साढे ७ खर्बको आयात हुँदा निर्यात ७५ अर्बको मात्रै, राजस्व संकलन कति ?

६ महिनामा साढे ७ खर्बको आयात हुँदा निर्यात ७५ अर्बको मात्रै, राजस्व संकलन कति ?

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • images
    images
    ६ महिनामा साढे ७ खर्बको आयात हुँदा निर्यात ७५ अर्बको मात्रै, राजस्व संकलन कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा अर्थात साउनदेखि पुससम्ममा साढे ७ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा ७ खर्ब ६८ अर्ब १६ करोड ६६ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको हो । यो गत आर्थिक बर्ष २०७९/८० को ६ महिनाको तुलनामा ३.०९ प्रतिशतले कम हो । 

    नेपालले गत आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ९२ अर्ब ६६ करोड ६३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो । 

    विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षमा आयात घटेसंगै र्यिातमा पनि उच्च गिरावट आएको छ । तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा नेपालले ७४ अर्ब ९६ करोड ८१ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ । यो गत आवको सोही अवधिमा ७.२३ प्रतिशतले कम हो । नेपालले गत आवमा ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो । 

    विभागअनुसार चालु आवको ६ महिनाको अवधिमा २ खर्ब ९ करोड ९० लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा १ खर्ब ८८ अर्ब १६ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । यो वर्ष ६=३४ प्रतिशतले बढी राजस्व संकलन भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार