images
images

न्युजिल्याण्डकी सांसदलाई पसलबाट तीन पटकसम्म सामान चोरेको आरोप, दिइन् राजीनामा

न्युजिल्याण्डकी सांसदलाई पसलबाट तीन पटकसम्म सामान चोरेको आरोप, दिइन् राजीनामा

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • न्युजिल्याण्डकी सांसदलाई पसलबाट तीन पटकसम्म सामान चोरेको आरोप, दिइन् राजीनामा

    पसलबाट तीन पटकसम्म सामान चोरी गरेको आरोप लागेपछि न्यूजील्याण्डकी एक सांसदले पदबाट राजीनामा दिएकी छन् । ग्रिन पार्टीकी ४२ वर्षिया सांसद गोलरिज घाहरमनले पसलबाट तीन पटक चोरी गरेको आरोपपछि राजीनामा दिएकी हुन् । 

    images
    images

    एक पटक अकल्याण्डमा र दुई पटक बेलिङ्गटनको पसलबाट सामान चोरी गरेको आरोप उनलाई लागेको छ । बीबीसीका अनुसार पछिल्लो पटक उनले अकल्याण्डको एक बुटिकबाट ब्याग उठाएर हिँडेको सीसीटीभी फुटेज सार्वजनिक भएको थियो । अहिले उनीमाथि लागेको आरोपमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

    आरोप लागेपछि उनले विज्ञप्ति जारी गर्दै जनताले आफ्ना जनप्रतिनिधिहरूबाट गर्ने अपेक्षा विपरीत व्यवहार भएको भन्दै माफी मागेकी छन् । उनले भनेकी छन्, “मैले धेरै जनालाई लाजमर्दो बनाएको छु र त्यसको लागि माफी चाहन्छु ।”

    मेडिकल जाँचबाट आफ्नो स्वास्थ्य ठिक छैन भन्ने पनि आफूले बुझेको उनले उल्लेख गरेकी छन् । “मेरो व्यवहार यस्तो भयो कि मसँग भन्ने केही शब्द छैन किनकी यो कुनै हिसाबले पनि ठिक छैन । र, मेडिकल जाँचबाट मलाई थाहा भयो कि मेरो स्वास्थ्य ठीक छैन ।” उनले आफूमा कामको कारण तनाव सिर्जना भएको बताएकी छन् । 

    पहिलो शरणार्थी सांसद 

    उनी सानै छँदा परिवारका सदस्यहरूसँगै इरानबाट भागेर न्युजिल्याण्ड आएकी थिइन् । उनको परिवारलाई न्युजिल्याण्डले राजनीतिक शरण दिएको थियो ।

    संयुक्त राष्ट्र संघमा मानव अधिकारको वकिल रहिसकेकी गोलरिज सन् २०१७ मा न्यूजिल्याण्डको सांसद बनेकी थिइन् । पहिलो शरणार्थी सांसद बनेर उनले इतिहास रचेकी थिइन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार