images
images

दक्षिण कोरियामा राजनीतिक उथलपुथल कायमै : के हुँदैछ अहिले ?

दक्षिण कोरियामा राजनीतिक उथलपुथल कायमै : के हुँदैछ अहिले ?

सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • दक्षिण कोरियामा राजनीतिक उथलपुथल कायमै : के हुँदैछ अहिले ?
    images
    images

    राष्ट्रपति युन सुक–येओलले सैनिक शासन अर्थात् मार्सल ल लागू गर्ने घोषणा गरेपछि दक्षिण कोरियामा राजनीतिक सङ्कट देखिएको छ । 

    राष्ट्रपति युन सुक–येओलले डिसेम्बर ३ को राति मार्सल ल लागू गर्ने घोषणापछि अहिलेसम्म दक्षिण कोरियामा राजनीतिक उथलपुथल जारी छ । 

    मार्सल ल लागू गरेसँगै सांसदहरूको चर्को विरोधका बिच लागू भएको ६ घण्टामै यो कानुन खारेज भएको थियो । यद्यपि, अहिलेसम्म राजनीतिक अवस्था झनै बिग्रिएको छ। 

    विपक्षीहरूले सत्ता कब्जा गर्न मार्सल ल घोषणा गरेकोमा येओलमाथि महाभियोग चलाउन अस्वीकार गरेर सत्तारूढ दलले दोस्रो ‘कू’ गरेको आरोप लगाएका छन् ।

    राष्ट्रपति र केही शीर्ष अधिकारीहरूविरुद्ध राजद्रोहको अभियोगमा छानबिन भइरहेको छ। 

    सत्तारूढ दलले बहिष्कार गरेपछि योओललाई महाभियोग लगाउने प्रयास शनिवार असफल भएको थियो ।

    राष्ट्रपतिले सत्ता हस्तान्तरण गर्न लागेका हुन् ? 

    अहिले योओलले प्रधानमन्त्री हान डुक-सू र पार्टी प्रमुखलाई सत्ता हस्तान्तरण गर्न सहमत भएको भन्दै खबरहरू आइरहेका छन् ।

    सत्तारुढ दलको यो निर्णयलाई विपक्षी दल डेमोक्रेटिक पार्टीका नेता पार्क चान–डेले गैरकानुनी, असंवैधानिक कार्य भन्दै दोस्रो राजद्रोह र ‘कू’ को संज्ञा दिएका छन् । यसलाई तुरुन्तै रोक्न पनि उनले सत्तारुढ दलसँग आग्रह गरेका छन् ।

    के छ व्यवस्था ? 

    दक्षिण कोरियाको संविधानअनुसार असक्षम हुँदैनन् वा उनले राजीनामा नदिए वा पद नछोड्दासम्म राष्ट्रपति सरकारको प्रमुख र सेनाको कमान्डर इन चिफ रहन्छ । 

    उनी अक्षम भएको अवस्थामा निर्वाचन नहुँदासम्मका लागि अन्तरिम आधारमा प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गरिन्छ ।

    सूलाई शक्ति हस्तान्तरण गर्नुलाई विपक्षी दलले स्पष्ट रूपमा संवैधानिक उल्लङ्घन भनेको छ । यसका लागि कानुनी आधार नभएको बताइन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार