images
images

आजको मौसम : यी प्रदेशहरुमा बदली र हिमपातको सम्भावना

आजको मौसम : यी प्रदेशहरुमा बदली र हिमपातको सम्भावना

शुक्रवार, माघ ५ २०८०
शुक्रवार, माघ ५ २०८०
  • images
    images
    आजको मौसम : यी प्रदेशहरुमा बदली र हिमपातको सम्भावना

    काठमाडौं / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    images
    images

    अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको र तराईका अधिकांश भू–भागमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।

    शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने महाशाखाले बताएको छ। यस्तै, बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बुलेटिनमा उल्लेख छ। 

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। 

    कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार