images
images

कुमारी बैङ्कले कमायो ८६ करोड रुपैयाँ नाफा, वितरणयोग्य मुनाफा ऋणात्मक

कुमारी बैङ्कले कमायो ८६ करोड रुपैयाँ नाफा, वितरणयोग्य मुनाफा ऋणात्मक

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • कुमारी बैङ्कले कमायो ८६ करोड रुपैयाँ नाफा, वितरणयोग्य मुनाफा ऋणात्मक

    काठमाडौँ / कुमारी बैङ्क लिमिटेडको खुद नाफा चालू आर्थिक बर्ष २०८०/८१ को पुस मसान्तसम्म ८६ करोड ७२ लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब १ करोड २० लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवको तुलनामा यस बर्ष कुमारी बैङ्कको नाफा १४.३१ प्रतिशतले घटेको हो । 

    बैङ्कले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा बैङ्कको वितरणयोग्य मुनाफा ३ अर्ब ७७ करोड १८ लाख ३४ हजार रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर आम्दानी १४.३८ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमासमा ७ रुपैयाँ ७२ पैसा प्रतिसेयर आम्दानी रहेकोमा समीक्षा अवधिमा सो रकम घटेर ६ रुपैयाँ ६१ पैसामा सीमित भएको हो । 

    बैङ्कको खुद ब्याज आम्दानी ३५.०१ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १३१ं४४ प्रतिशत र कुल सञ्चालन आम्दानी ४५.२७ प्रतिशतले बृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा बैङ्कको खुद ब्याज आम्दानी ४ अर्ब २४ करोड ६ लाख ४४ हजाुर रुपैयाँबाट बढेर ५ अर्ब ७२ करोड ५३ लाख ९९ हजार रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ४७ करोड ६९ लाख ५५ हजार रुपैयाँबाट बढेर १ अर्ब १० करोड ३८ लाख ६२ हजार रुपैयाँ पुगेको छ । 

    त्यस्तै, कुल सञ्चालन आम्दानी ४ अर्ब ९९ हजार ३३ लाख ८७ हजार रुपैयाँबाट बृद्धि भई ७ अर्ब २५ करोड ४० लाख ८० हजार रुपैयाँ पुगेको बैङ्कको वित्तीय विवरणमा उल्लेख छ । 
    खराब कर्जा बृद्धिसँगै बैङ्कको इम्पेरिमेन्ट चार्जसमेत बृद्धि भई २ अर्ब ७६ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत आवको तुलनामा समीक्षा अवधिमा बैङ्कको खराब कर्जा भने ५७.७८ प्रतिशतले बढेको देखिएको छ । गत आवको दोस्रो त्रैमासमा ३.१५ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिम बढेर ४.९७ प्रतिशत पुगेको हो । 

    खराब कर्जासँगै इम्पेरिमेन्ट चार्ज बृद्धि भएको कारण खुद ब्याज आम्दानी तथा सञ्चालन आम्दानी बढे पनि बैङ्कको नाफा प्रभावित भएको देखिन्छ । बैङ्कको नाफामा गिरावट आएका कारण प्रतिसेयर आम्दानीसमेत घटेको छ । 

    हाल बैङ्कको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ९ अर्ब ६५ करोड ६३ लाख सञ्चित रहेको छ । 
    पुस मसान्तसम्म कुमारी बैङ्कले ३ खर्ब १८ अर्ब ७६ करोड ५७ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ७५ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
    त्यस्तै, समीक्षा अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात २४.११ गुणा, प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८२ पैसा, बेस रेट १०.२८ र कस्ट अफ फण्ड ७.९१ प्रतिशत र सिडी रेसियो ८५.१९ प्रतिशत रहेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार