images
images

दोस्रो त्रैमाससम्ममा सिद्धार्थ बैंकले कमायो १ अर्ब १३ करोड नाफा, अन्य सुचक कस्तो ?

दोस्रो त्रैमाससम्ममा सिद्धार्थ बैंकले कमायो १ अर्ब १३ करोड नाफा, अन्य सुचक कस्तो ?

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • दोस्रो त्रैमाससम्ममा सिद्धार्थ बैंकले कमायो १ अर्ब १३ करोड नाफा, अन्य सुचक कस्तो ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा सिद्धार्थ बैंक लिमिटेडको नाफा सामान्य घटेको छ । 

    images
    images

    बैंकले बिहीबार प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले ६ महिनाको अवधीमा १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको सोहि अवधीका तुलनामा १.१० प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०७९र८० को दोस्रो त्रैमासमा १ अर्ब १६ करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

    बैंकको नाफामा सामान्य गिरावट आए पनि खुद ब्याज आम्दानी र खुद फी तथा कमिसन आम्दानीमा वृद्धि भएको छ । पुष मसान्तसम्ममा यस बैंकले ४ अर्ब १० करोड ३९ लाख खुद ब्याज आम्दानी  आर्जन गरेको छ । यो गत आर्थिक बर्षको सोहि अवधीको तुलनामा २.१४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ अर्ब १ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै खुद फि तथा कमीसन आम्दानी ६१ करोड २८ लाखबाट ६५ करोड ७३ लाख पुगेको छ ।

    यस्तै, ६ महिनाको अवधीमा आम्दानीमा वृद्धि हुँदा सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन १ अर्ब १९ करोड २५ लाख रुपैयाँबाट सामान्य घटेर १ अर्ब १८ करोड ४१ लाख रुपैयाँ पुगेको छ । 

    यता, पुस मसान्तमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ६५ करोड ७६ लाख रुपैयाँबाट १ अर्ब ६५ करोड ५६ लाख रुपैयाँमा झरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ३७ करोड ५० लाख घाटामा रहेको बैंकको गत आवको मुनाफाबाट लाभांश वितरणपछिको सञ्चित नाफासहित ३० करोड ४५ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।

    चालु आर्थिक वर्षमा बैंकको निक्षेप घटेको छ भने कर्जामा सुधार भएको छ । असार मसान्तमा २ खर्ब २३ अर्ब ६५ करोड ४७ लाख रुपैयाँ रहेको बैंकको कुल निक्षेप पुस मसान्तमा आउँदा घटेर २ खर्ब २१ अर्ब ७ करोड ८३ लाख पुगेको छ । यस्तै बैंकको कर्जा १ खर्ब ८४ अर्ब ९६ लाख रुपैयाँबाट १ खर्ब ९० अर्ब ९१ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

    यस्तै बैंकको पूँजीकोष ३३ प्रतिशतबाट ११.६८ प्रतिशतमा झरेको छ । निष्कृय कर्जा अनुपात २.८७ प्रतिशतबाट २.५६ प्रतिशतमा झरेको छ । पुसमा बैंकको सीडी रेसियो ८१.७७ प्रतिशत, आधार दर ९.२८ प्रतिशत र औसत स्प्रेड दर ३.९९ प्रतिशत रहेको छ ।

    नाफा घटेसँगै प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५३ पैसाबाट घटेर १६ रुपैयाँ १८ पैसा झरेको छ । प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ७८ पैसा र मूल्य आम्दनी अनुपात १५.४५ गुणा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार