images
images

आज युरोपियन युरोदेखि अष्ट्रेलियन डलरसम्मको भाउ बढ्यो, हेर्नुस् विनिमय दर

आज युरोपियन युरोदेखि अष्ट्रेलियन डलरसम्मको भाउ बढ्यो, हेर्नुस् विनिमय दर

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • आज युरोपियन युरोदेखि अष्ट्रेलियन डलरसम्मको भाउ बढ्यो, हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोदेखि अष्ट्रेलियन डलरलगायतको भाउ बढेको छ । यो दिन अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ६१ पैसा र बिक्रीमा १३३ रुपैयाँ २१ पैसा नै रहेको छ भने एकको खरिद मूल्य १४४ रुपैयाँ ४० पैसा र बिक्रीमा १४५ रुपैयाँ ५ पैसा रहेको युरोपियन युरोको भाउ बढेर खरिदमा १४४ रुपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रुपैयाँ १७ पैसा पुगेको छ । त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ४४ पैसा र बिक्री दर १६९ रुपैयाँ २० पैसा पुगेको छ । 

    images
    images

    स्वीस फ्र्याङ्क एकको खरिदमा १५२ रुपैयाँ ६५ पैसा र बिक्रीमा १५३ रुपैयाँ ३४ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ५० पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ८९ पैसा कायम भएको छ । यसअघि अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ८५ पैसा तोकिएको थियो । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ७४ पैसा र बिक्रीमा ९९ रुपैयाँ १९ पैसा, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ९५ पैसा र बिक्री दर ८ रुपैयाँ ९९ पैसा पुगेको छ । 

    यसैगरी, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ४३ पैसा र बिक्रीमा १८ रुपैयाँ ५२ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५२ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३८ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार