images
images

ब्याज आम्दानी बढे पनि किन घट्यो साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको नाफा ? यस्तो छ सूचकहरू

ब्याज आम्दानी बढे पनि किन घट्यो साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको नाफा ? यस्तो छ सूचकहरू

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • ब्याज आम्दानी बढे पनि किन घट्यो साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको नाफा ? यस्तो छ सूचकहरू

    काठमाडौँ / साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले चालू आर्थिक बर्ष २०८०/८१ को पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैङ्कले १० करोड २ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको पुस मसान्तसम्म १६ करोड ६५ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको यो बैङ्कको समीक्षा अवधिमा यस्तो नाफा ३९.८२ प्रतिशतले घटेको हो । 

    खराब कर्जा बृद्धिसँगै इम्पेरमेन्ट चार्ज बढेपछि खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढे पनि बैङ्कको नाफामा गिरावट आएको देखिन्छ । नाफा घटेसँगै बैङ्कको प्रतिसेयर आम्दानी पनि घटेर ५ रुपैयाँ ८४ पैसामा झरेको छ । अघिल्लो आवको पुस मसान्तमा ११ रुपैयाँ ०६ पैसा रहेको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा भने ४७.२० प्रतिशतले घटेको हो । यसैगरी वितरणयोग्य मुनाफा पनि २१ करोड ३६ लाख ५७ हजार रुपैयाँले ऋणात्मक भएको वित्तीय विवरणमा देखिन्छ । 

    नाफा घटेको भए पनि समीक्षा अवधिमा बैङ्कको खुद ब्याज आम्दानी ३.५९ प्रतिशतले बृद्धि भई ९१ करोड ३५ लाख ७९ हजार रुपैयाँबाट ९४ करोड ६३ लाख ६८ हजार रुपैयाँ पुगेको छ । 
    यसैगरी खुद फि तथा कमिशन आम्दानी पनि ४१.४० प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तमा ७ करोड ४३ लाख ३८ हजार रुपैयाँ खुद फि तथा कमिशन आम्दानी रहेकोमा समीक्षा अवधिमा बढेर १० करोड ५१ लाख १२ हजार रुपैयाँ पुगेको हो । 

    त्यस्तै,  कुल सञ्चालन आम्दानी ९८ करोड ९३ लाख ४५ हजार रुपैयाँबााट ६.८३ प्रतिशतले बढेर १ अर्ब ५ करोड ६९ लाख २८ हजार रुपैयाँ पुगेको छ । 
    यता, बैङ्कको सञ्चालन मुनाफा भने ३९.२१ प्रतिशतले घटेको छ । गत बर्षको दोस्रो त्रैमासमा २३ करोड ८९ लाख ३९ हजार रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा समीक्षा अवधिमा घटेर १४ करोड ५२ लाख ५९ हजार रुपैयाँ कायम भएको छ । 

    खराब कर्जासँगै बैङ्कले इम्पेरिमेन्ट चार्ज भने बढाएर २५ करोड १९ लाख १५ हजार रुपैयाँबाट ३९ करोड ३२ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ । बैङ्कको खराब कर्जा भने गत आवको दोस्रो त्रैमासको तुलनामा ४५.५४ प्रतिशतले बढेको देखिन्छ । गत बर्ष पुस मसान्तसम्म साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको खराब कर्जा ३.३६ प्रतिशत रहेकोमा समीक्षा अवधिमा बढेर ४.८९ प्रतिशत पुगेको हो । 

    हाल बैङ्कको चुक्ता पुँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ११ करोड १२ लाख रुपैयाँ सञ्चित रहेको छ । पुस मसान्तसम्म साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले ५१ अर्ब ८५ करोड ७५ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४१ अर्ब ६३ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

    त्यस्तै, समीक्षा अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ५४.७७ गुणा, प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ३९ पैसा, बेस रेट १०.८१ र कस्ट अफ फण्ड ८.६१ प्रतिशत र सिडी रेसियो ८३.४१ प्रतिशत रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार