images
images

अमेरिकी डलरको भाउ तेस्रो दिन पनि स्थिर, अन्य मुद्रालाई कति ?

अमेरिकी डलरको भाउ तेस्रो दिन पनि स्थिर, अन्य मुद्रालाई कति ?

मंगलवार, माघ ९ २०८०
मंगलवार, माघ ९ २०८०
  • अमेरिकी डलरको भाउ तेस्रो दिन पनि स्थिर, अन्य मुद्रालाई कति ?

    काठमाडौँ / अमेरिकी डलरको भाउ आज तेस्रो दिन पनि स्थिर रहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार यो दिन अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ६१ पैसा र बिक्रीमा १३३ रुपैयाँ २१ पैसा नै रहेको छ ।

    images
    images

    युरोपियन युरोको भाउ बढेर खरिदमा १४४ रुपैयाँ ३३ पैसा र बिक्रीमा १४४ रुपैयाँ ९९ पैसा पुगेको छ ।  त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा र बिक्री दर १६९ रुपैयाँ २७ पैसा पुगेको छ । 

    स्वीस फ्र्याङ्क एकको खरिदमा १५२ रुपैयाँ ६५ पैसा र बिक्रीमा १५३ रुपैयाँ ३४ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ३७ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ७७ पैसा कायम भएको छ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ७९ पैसा र बिक्रीमा ९९ रुपैयाँ ३१ पैसा, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ९६ पैसा र बिक्री दर ९ रुपैयाँ पुगेको छ । 

    यसैगरी, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ४३ पैसा र बिक्रीमा १८ रुपैयाँ ५२ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५२ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा पर्नेछ । 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार