images
images

६ महिनामा रोयल्टी र लाभांशको रूपमा बाहिरियो १ अर्ब ५३ करोड, लगानी प्रतिबद्धता कति ?

६ महिनामा रोयल्टी र लाभांशको रूपमा बाहिरियो १ अर्ब ५३ करोड, लगानी प्रतिबद्धता कति ?

६ महिनामा फरेन डाइरेक्ट इन्भेस्टमेन्टको रुपमा भित्रिएका विदेशी कम्पनीहरूले लगानीबाट खुलेको कम्पनीमार्फत १ अर्ब ५३ करोड ६५ लाख ३० हजार रुपैयाँ बाहिरिएको हो ।

बिहिवार, माघ ११ २०८०
बिहिवार, माघ ११ २०८०
  • ६ महिनामा रोयल्टी र लाभांशको रूपमा बाहिरियो १ अर्ब ५३ करोड, लगानी प्रतिबद्धता कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को ६ महिनामा १ अर्ब ५३ करोड रुपैयाँ भन्दा बढी रकम लाभांशको रुपमा बाहिरिएको छ । 

    उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ६ महिना अर्थात साउनदेखि पुष मसान्तसम्ममा फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई) को रुपमा भित्रिएका विदेशी कम्पनीहरूले लगानीबाट खुलेको कम्पनीमार्फत १ अर्ब ५३ करोड ६५ लाख ३० हजार रुपैयाँ बाहिरिएको हो । यो गत आर्थिक बर्षको सोहि अवधीको तुलनामा ८६.०३ प्रतिशत कम हो । 

    गत आर्थिक बर्षको सोहि अवधीमा १० अर्ब ९९ करोड ८९ लाख ९ हजार रुपैयाँ लाभांशको रुपमा बाहिरिएको थियो । यस्तै, विभागको तथ्याङ्क अनुसार पुष मसान्तसम्ममा २ सय २६ वटा परियाजनाको लागि २२ अर्ब ३३ करोड भन्दा बढी वैदेशिक लगानी प्रतिबद्ता आएको छ । 

    जसमा २८ परियोजनाको लागि ४ अर्ब १ करोड ३ लाख ९ हजार रुपैयाँ सेयर खरिद तथा साझेदारी (एसपिए अर्थात एसएसए) बापत प्रतिबद्धता आएको छ भने ३१ परियोजना प्रविधि हस्तान्तरण (टिटिए) सम्बन्धी सेवा क्षेत्रमा आएको छ । यस्तो लगानीमार्फत चालस आर्थिक बर्षको पुष मसान्तसम्ममा १२ हजार १६७ जनालाई रोजगारी प्रदान गरिएका समेत विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

    2.JPG

    औद्योगिक क्षेत्रमा हालसम्म ६ हजार ८५ परियोजनाका लागि ४ खर्ब ७२ अर्ब ३० करोड ५४ लाख ३८ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता पुगेको विभागले जनाएको छ । यस्तै, तथ्याङ्कमा यस्तो लगानीमार्फत हालसम्ममा ३ लाख २१ हजार २६४ जनालाई रोजगारी प्रदान गरिएका उल्लेख गरिएको छ । 

    पर्यटनमा आकर्षण, अन्य कुन क्षेत्रमा कति लगानी प्रतिबद्धता ?

    प्रत्यक्ष वैदेशिक लगानीको ठूलो हिस्सा पर्यटनमा आइरहेको पाइएको छ । ६ महिनामा आएका कुल प्रस्तावमध्ये १ सय ३ वटा पर्यटनमा छन् । यो ४५ प्रतिशत हो । चालस आर्थिक वर्षमा पर्यटनसँग सम्बन्धित होटल तथा पर्यटन क्षेत्रमा १०३ वटा परियोजनाका लागि १० अर्ब बढी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । 

    यसैगरी, अन्य सेवा क्षेत्रमा ८३ प्रस्ताव आएका छन् । यो ३७ प्रतिशत हो । उक्त क्षेत्रमा ८ अर्ब २६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । 

    3.JPG

    यस्तै, औद्योगिक उत्पादनको क्षेत्रमा २ अर्ब २३ करोड रुपैयाँ, आईसीटी क्षेत्रमा १ अर्ब ६३ करोड रुपैयाँ, पूर्वाधार र कृषि क्षेत्रमा समान ९३ करोड ८१ लाख रुपैयाँ र खानिजन्य क्षेत्रमा ४६ करोड ९० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यो वर्ष साउनको तुलनामा पुसमा सबैभन्दा धेरै प्रस्ताव प्राप्त भएको देखिएको छ ।

    समीक्षा अवधिमा वैदेशिक लगानी र उत्पादनमार्फत सरकारले १ अर्ब ४ करोड १६ लाख ८६ हजार रुपैयाँ रोयल्टी (राजस्व) सङ्कलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रोयल्टी ९४ करोड ७१ लाख २९ हजार रुपैयाँ सङ्कलन गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार