images
images

अर्घाखाँचीमा निर्माण ठेक्का सम्झौताभन्दा पाँच महिनाअघि सम्पन्न, बजेट नआउँदा भुक्तानी दिन समस्या

अर्घाखाँचीमा निर्माण ठेक्का सम्झौताभन्दा पाँच महिनाअघि सम्पन्न, बजेट नआउँदा भुक्तानी दिन समस्या

बिहिवार, माघ ११ २०८०
बिहिवार, माघ ११ २०८०
  • images
    images
    अर्घाखाँचीमा निर्माण ठेक्का सम्झौताभन्दा पाँच महिनाअघि सम्पन्न, बजेट नआउँदा भुक्तानी दिन समस्या

    अर्घाखाँची / अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा भएका निर्माण ठेक्का सम्झौताभन्दा पाँच महिनाअघि नै सम्पन्न भएका छन् । विभिन्न स्थानमा ठेक्का सम्झौताअनुसार काम नभएको, योजना अलपत्र परेको, निर्माण व्यवसायी काम छाडेर भागेको भन्ने खबर आइरहँदा सन्धिखर्क नगरपालिकामा भएका कामलाई उदाहरणका रूपमा लिइएको छ ।

    images
    images

    सन्धिखर्क नगरपालिका वडा नं. ७ फज्र्याङ्ग, वडा नं ८ किमडाँडा र वडा नं ११ डिभर्नाको स्वास्थ्यचौकी भवन निर्माण सम्झौता मितिभन्दा पाँच महिनाअघि नै सम्पन्न भएका छन् । पन्ध्र महिनामा सम्पन्न गर्ने काम छिटो र छरितो गरी १० महिनामै सम्पन्न भएका हुन् ।

    प्रतिभा÷खनाल ब्रदर्स÷सम्झना जेभीले तीन वडामा स्वास्थ्यचौकी भवन निर्माण २०८१ साल जेठ ७ गतेसम्म सम्पन्न गर्न सन्धिखर्क नगरपालिकामा सम्झौता गरेको थियो । स्वास्थ्य चौकी भवन निर्माण पाँच महिनाअघि नै सम्पन्न भइसकेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।

    सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले २०७९ फागुन ८ गते प्रतिभा÷खनाल ब्रदर्स÷सम्झना जेभीलाई १५ महिनामा काम सम्पन्न गर्नेगरी कार्यादेश दिनुभएको र सोभन्दा चाँडै सम्पन्न गरेको निर्माण व्यवसायी कविराम खनालले बताए । 

    तीनवटा स्वास्थ्यचौकी भवन निर्माण गर्न मूल्य अभिवृद्धि करसहित रु पाँच करोड ७६ लाख ३९ हजार ६०४ पैसा ४० मा निर्माण व्यवसायीले सम्झौता गरेको र सम्झौताअनुसारको काम सम्पन्न गरेर निर्माण व्यवसायीबाट भुक्तानीको लागि निवेदन पेस भइसकेको नगरपालिकाका योजना शाखा प्रमुख डिलकुमार केसी (दिलिप)ले जानकारी दिइन् ।

    तीन वटै वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकीभवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रवाहमा सजिलो हुने भएको छ । सङ्घीय सरकारबाट चालु आर्थिक वर्षका लागि विशेष अनुदान शीर्षकमा विनियोजित बजेट अपर्याप्त रहेकोले निर्माण सम्पन्न गरेर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा थप बजेट माग्दा पनि निकासा नभएकोले निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत भुसालको भनाई छ । 

    सन्धिखर्क नगरपालिकाकै चुत्राबेसी, भक्तिटोल, धरम्पानी, अर्घा मैदान सडक स्तरोन्नतीको कार्य २०८० साल माघ २६ गते सम्पन्न गर्ने गरी सम्झौता भएकोमा यो काम पनि झण्डै एक महिना अघि सम्पन्न भएको छ । यो सडक निर्माणका लागि रायमाझी÷जयमाता÷खनाल ब्रदर्स जेभीले २०८० साल माघ २६ गतेसम्म काम सम्पन्न गर्ने गरी  २०७८ साल फागुन ९ गते कार्य आदेश पाएको थियो । 

    सडक निर्माणका लागि जेभीले मूल्य अभिबृद्धि करसहित रु छ करोड १९ लाख १७ हजार ८९९ पैसा  ७४ मा सम्झौता गरेको थियो । यस्तै, सन्धिखर्क ९ मा रहेको अर्घा भगवती आधारभूत विद्यालय भवन निर्माण पनि सम्झौता मिति भन्दा दुई महिना अघि सम्पन्न भएको छ । 

    विद्यालय भवन निर्माण २०८० साल चैत ६ गतेसम्म सम्पन्न गर्ने गरी केसी, प्रतीक्षा सृजना जेभीले मूल्य अभिवृद्धि करसहित रु तीन करोड नौ लाख १४ हजार ६३८ पैसा  ४१ मा  ठेक्का सम्झौता गरेको थियो । विकास निर्माणलाई गुणस्तरीय बनाउन समय समयमाअनुगमन, मूल्याङ्कन, ल्याव टेस्ट लगायतका काम पनि नगरपालिकाका प्राविधिकको टोलीले गरेको थियो । 

    कामलाई सही, राम्रो र गुणस्तरीय बनाउन तथा स्टमेट अनुसार काम गराउन नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, नगर उपप्रमुख मिश्रा आचार्य र प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालसहितको इन्जिनीयर तथा प्राविधिकको टोलीले अनुगमनलाई पनि निरन्तरता दिएका थिए । जसका कारण काम तोकिएको मिति भन्दा अगावै सम्पन्न हुन सफल भएका हुन् । 

    अर्घाखाँचीमा विकास निर्माण तोकिएको समय भन्दा छिटो सम्पन्न गर्ने निर्माण व्यवसायी हुनुहुन्छ युवा व्यवसायी कबिराम खनाल । अर्घा भगवती विमानस्थलको निर्माणमा तोकिएको मिति भन्दा छिटो काम सम्पन्न गरेर पुरस्कार पनि प्राप्त गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार