images
images

एशियन लाइफको ४० प्रतिशत लगानी रहेको माउन्टेन ग्लोरीले आइपिओ निष्कासन गर्ने, एलएस क्यापिटल बिक्री प्रबन्धक

एशियन लाइफको ४० प्रतिशत लगानी रहेको माउन्टेन ग्लोरीले आइपिओ निष्कासन गर्ने, एलएस क्यापिटल बिक्री प्रबन्धक

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • एशियन लाइफको ४० प्रतिशत लगानी रहेको माउन्टेन ग्लोरीले आइपिओ निष्कासन गर्ने, एलएस क्यापिटल बिक्री प्रबन्धक
    काठमाडौँ / पोखरामा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दै आएको माउन्टेन ग्लोरी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्काशनका लागि एलएस क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
     
    कम्पनीले सर्वसाधारणको लागि एक सय रुपैयाँ अङ्कित दरको ४० कित्ता शेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको हो । 
     
    एलएस क्यापिटल लिमिटेड लक्ष्मी सनराइज बैङ्कको सहायक कम्पनी हो । साधारण शेयर निष्काशन सम्बन्धी सम्झौतामा कम्पनीको तर्फबाट अध्यक्ष सुनिलभक्त श्रेष्ठ तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरी सम्झौता पत्र आदाप्रदान गरेका हुन् ।
     
    एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत लगानी रहेको सो रिसोर्टले रकम  ४० करोड रुपैयाँको साधारण शेयर निकट भविष्यमा निष्काशन गर्ने योजना रहेको जनाएको छ ।
    maunten glory.JPG
     
    शेयर निष्काशन पश्चात होटलमा कोठा थप गरी विदेशी होटलसंँग अनुबन्धन गरे पश्चात पाँच तारे होटलकोे रूपमा सेवा उपलब्ध गराउने योजना कम्पनीको छ । हाल यो कम्पनीको जारी पुँजी रु. १ अर्ब ५० करोड रहेको छ ।
     
    माउन्टेन ग्लोरी लिमिटेडले विगत ८ वर्षदेखि पोखराको दोभिल्लास्थित करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठासहित विशेष सुविधा सम्पन्न माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दै आएको छ ।

     

    images
    images

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार