images
images

लगानी सम्मेलनको तयारी :  रणनीति विषयक कार्यशाला गोष्ठी सम्पन्न

लगानी सम्मेलनको तयारी :  रणनीति विषयक कार्यशाला गोष्ठी सम्पन्न

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • images
    images
    लगानी सम्मेलनको तयारी :  रणनीति विषयक कार्यशाला गोष्ठी सम्पन्न

    काठमाडौँ / लगानी बोर्डको कार्यालयले केपीएमजी इन इन्डियासँगको सहकार्यमा शुक्रबार, नेपालको लगानी सम्भावना उजागर गर्न आर्थिक विस्तारका सहयोगी रणनीति विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

    images
    images

    यो कार्यक्रम २०८१ वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारी स्वरूप आयोजना गरिएको हो । 

    कार्यशालामा नेपालमा लगानीको वातावरण सुधारका लागि कानुनी, प्रकृयागत, तथा नियामकीय सुधार एवं विदेशी लगानी समेत निजी लगानी आकर्षित गर्न नवप्रवर्तनमा आधारित पहलहरूका विषयमा विमर्श हुनुका साथै सफलतापूर्वक सम्मेलन आयोजना गर्ने सम्बन्धमा नीति निर्माता, निजी क्षेत्र, विकास साझेदार तथा विज्ञबीच छलफल भएको थियो । 

    उक्त कार्यशालालाई सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री तथा लगानी बोर्ड नेपालका उपाध्यक्ष डा. प्रकाशशरण महतले अर्थतन्त्रका हरेक क्षेत्रमा अथाह सम्भावना उजागर हुन बाँकी रहेको उल्लेख गर्नुहुँदै थप लगानी आवश्यक रहेको बताए । 

    अहिले हरित अर्थतन्त्ररलगानी अधिक प्रचलनको शब्दावली रहेको सन्दर्भमा नेपाल उत्तम लगानीको गन्तव्य भएको मन्त्री महतले बताए । 

    नेपालले आफूले कार्बन उत्सर्जन न्यून गर्नेमात्र नभइ स्वच्छ उर्जाको माध्यमबाट क्षेत्रीय रूपमा नै कार्बन उत्सर्जन न्यूनीकरण गर्न सघाउने बताउँदै मन्त्री महतले नेपालमा पर्यटन, कृषि व्यवसाय तथा सूचना प्रविधिको क्षेत्रमा गरिने लगानीले राम्रो प्रतिफल दिने मन्त्री महतको भनाइ थियो । 

    त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले आर्थिक वृद्धिको दिगोपना र स्थायित्व एवं समावेशी आर्थिक विकासले मात्र नेपालको विकासशील राष्ट्रमा स्तरोन्नति दिगो हुने धारणा राखे। 

    उक्त अवसरमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले नेपालमा लगानी गरिरहेका लगानीकर्ताको चासोमा तत्काल गरिने सम्बोधन र सहजीकरणले विश्वका अन्य लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह गर्न सफल हुने बताए । 

    उनले लगानी सम्मेलनको तयारीका सम्बन्धमा पनि प्रकाश पारेका थिए । 

    कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले तेश्रो लगानी सम्मेलन २०२४ ले सम्भावित र सक्षम लगानीकर्तालाई लगानीका अवसर प्रदान गर्ने उल्लेख गर्दै सरकारले गम्भीरतापूर्वक यस राष्ट्रिय सम्मेलन अघि लगानीसम्बन्धी कानुनहरूमा पुनरवलोकन गरी कनेक्टीविटीका रणनीतिक पूर्वाधार तथा पर्यटन, आइसीटी, उत्पादनमूलक उद्योगहरूमा लगानी आकर्षित गर्न आवश्यक गृहकार्य गरिरहेको जानकारी गराए । 

    त्यस्तै, नेपाल राष्ट्र बैङ्ककी कार्यवहाक गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले केन्द्रीय बैङ्कले एफडीआई तथा विदेशी ऋण नियमावली संशोधन गरी विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैङ्कको पूर्व स्वीकृति आवश्यक नपर्ने लगायत नाफा फिर्ता लैजाने सम्बन्धमा गरिएको सहजीकरणबारे चर्चा गरे । 

    केपीएमजी इन इण्डियाका प्रमुख कार्यकारी अधिकृत येज्डी नागपोरेवालाले स्वागत मन्तव्य राख्नुहुँदै आगामी लगानी सम्मेलनले नेपालमा लगानीका अवसरबारे विहंगम जानकारी राख्ने लगानीकर्ताहरूलाई नेपाल ल्याएर नेपालको आर्थिक विकासमा योगदान गर्दै सरकारसँग साझेदारी गर्ने अवसर प्रदान गर्ने बताए । 

    लगानी सम्मेलन अघि यस्ता पूर्व तयारीस्वरूप प्रवर्द्धनात्मक कार्यक्रमहरू, परियोजना बजारीकरण, रोड शो तथा नीतिगत बहसका विविध कार्यक्रमहरू तय गरिएका छन्।

    सम्मेलनपश्चात पनि लगानीकर्तासँग निरन्तर छलफल परामर्श गरी लगानी भित्र्याउन आवश्यक सबै क्रियाकलाप लगानी सम्मेलन सचिवालयका रूपमा लगानी बोर्डले निरन्तर अघि बढाउनेछ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार