images
images

अमेरिकी डलरको भाउ घट्दा महँगियो युरो, कुन देशको मुद्रालाई कति ?

अमेरिकी डलरको भाउ घट्दा महँगियो युरो, कुन देशको मुद्रालाई कति ?

बुधवार, माघ १७ २०८०
बुधवार, माघ १७ २०८०
  • अमेरिकी डलरको भाउ घट्दा महँगियो युरो, कुन देशको मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बुधबार अमेरिकी डलरको भाउ घटेको छ भने युरोपियन युरो महँगिएको छ ।  मङ्गलबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ७२ पैसा र बिक्रीमा १३३ रुपैयाँ ३२ पैसा तोकिएकोमा आज घटेर खरिद मूल्य १३२ रुपैयाँ ६८ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ २८ पैसामा झरेको छ । 

    images
    images

    त्यस्तै, युरोपियन युरोको भाउ भने बढेर एकको खरिदमा १४३ रुपैयाँ ८७ पैसा र बिक्रीमा १४४ रुपैयाँ ५२ पैसा कायम भएको छ । यसअघि युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४४ रुपैयाँ २४ पैसा तोकिएको थियो। 

    यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६८ रुपैयाँ ५७ पैसा र बिक्रीमा १६९ रुपैयाँ ३३ पैसा रहेकोमा आज घटेर खरिदमा १६८ रुपैयाँ २२ पैसा र बिक्रीमा १६८ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

    यता, अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ पनि घटेको छ । यसअघि एकको खरिदमा ८७ रुपैयाँ ६२ पैसा र बिक्रीमा ८८ रुपैयाँ २ पैसा रहेको अष्ट्रेलियन डलरलाई आज खरिदमा ८७ रुपैयाँ ५२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९२ पैसा पर्नेछ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ९९ रुपैयाँ २४ पैसा रहेकोमा आज घटेर खरिदमा ९९ रुपैयाँ ६ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५० पैसा तोकिएको छ ।

    यसैगरी जापानिज येनको भाउ भने आज बढेर १० को खरिदमा ९ रुपैयाँ ०१ पैसा र बिक्रीमा ९ रुपैयाँ ०५ पैसा पुगेको छ ।  

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ५६ पैसा र साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ९८ पैसा र बिक्रीमा १० रुपैयाँ ०३ पैसा तोकिएको छ ।

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार