images
images

आज पनि घट्यो अमेरिकीदेखि क्यानेडियन डलरसम्मको भाउ, अन्य देशको मुद्रा कति पुग्यो ? (विनिमय दर)

आज पनि घट्यो अमेरिकीदेखि क्यानेडियन डलरसम्मको भाउ, अन्य देशको मुद्रा कति पुग्यो ? (विनिमय दर)

बिहिवार, माघ १८ २०८०
बिहिवार, माघ १८ २०८०
  • आज पनि घट्यो अमेरिकीदेखि क्यानेडियन डलरसम्मको भाउ, अन्य देशको मुद्रा कति पुग्यो ? (विनिमय दर)

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार पनि अमेरिकी डलरको भाउ घटेको छ । बुधबार पनि घटेको डलरको भाउ आज पनि घटेर एकको खरिदमा १३२ रुपैयाँ ५८ पैसा र बिक्रीमा १३३ रुपैयाँ १८ पैसा कायम भएको छ । हिजो बुधबार अमेरिकी डलर एकको खरिद मूल्य १३२ रुपैयाँ ६८ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ २८ पैसा रहेकोमा आज पनि घटेको हो । 

    images
    images

    यता, युरोपियन युरोको भाउ पनि आज घटेको छ । बुधबार बढेको युरोको भाउ आज घटेर एकको खरिदमा १४३ रुपैयाँ ७२ पैसा र बिक्रीमा १४४ रुपैयाँ ३७ पैसाप कायम भएको छ । यसअघि भने युरो एकको खरिदमा १४३ रुपैयाँ ८७ पैसा र बिक्रीमा १४४ रुपैयाँ ५२ पैसा रहेको थियो । 

    यसैगरी युके पाउन्ड स्टर्लिङ पनि घटेर एकको खरिदमा १६८ रुपैयाँ १४ पैसा र बिक्रीमा १६८ रुपैयाँ ९१ पैसा कायम भएको छ ।

    अष्ट्रेलियन डलरलाई आज खरिदमा ८७ रुपैयाँ २५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६५ पैसा पर्नेछ। अष्ट्रेलियन डलरको भाउ पनि आज घटेको हो । क्यानेडियन डलर पनि घटेर एकको खरिदमा ९८ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९९ रुपैयाँ २१ पैसा कायम भएको छ । यसैगरी जापानिज येनको भाउ पनि घटेर आज १० को खरिदमा ८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९ रुपैयाँ ०१ पैसामा झरेको छ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ १० पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ २६ पैसा र साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ९४ पैसा र बिक्रीमा ९ रुपैयाँ ९८ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ ३ पैसा र बिक्रीमा २८ रुपैयाँ १६ पैसा, कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ०६ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ०१ पैसा र बहराइन दिनार एकको खरिद मूल्य ३५१ रुपैयाँ ६४ पैसा र बिक्री मूल्य ३५३ रुपैयाँ २३ पैसा तोकिएको छ ।

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार