images
images

जनहितकारी सहकारीको सञ्चालक समितिले पायो पूर्णता, सहकारीलाई शुद्धीकरण गर्न आफैँबाट सुरु गर्नुपर्ने

जनहितकारी सहकारीको सञ्चालक समितिले पायो पूर्णता, सहकारीलाई शुद्धीकरण गर्न आफैँबाट सुरु गर्नुपर्ने

शुक्रवार, माघ १९ २०८०
शुक्रवार, माघ १९ २०८०
  • जनहितकारी सहकारीको सञ्चालक समितिले पायो पूर्णता, सहकारीलाई शुद्धीकरण गर्न आफैँबाट सुरु गर्नुपर्ने

    सुर्खेत / राष्ट्रिय सहकारी महासंघ सञ्चालक समितिका सदस्य हरिहरनाथ योगीले सहकारीको सञ्चालक समितिको एकता र सुशासनले मात्र सहकारी सफल हुने बताएका छन् । 

    images
    images

    वीरेन्द्रनगरमा बिहीबार जनहितकारी सहकारी संस्थाको नयाँ सञ्चालक समितिको सपथ ग्रहण एवम् पद हस्तान्तरण कार्यक्रममा सदस्य योगीले यस्तो बताएका हुन् । उनले अधिकांश सहकारीको सञ्चालक समितिमा एकता नहुँदा र सुशासन कायम गर्न नसक्दा बिग्रिएको बताए । 

    केही सहकारीका सञ्चालकका कारण सम्पूर्ण सहकारीको बदनाम भएको बताउँदै योगीले सहकारीलाई शुद्धीकरण गर्नका लागि सञ्चालक समिति आफैँबाट शुरु गर्नुपर्ने बताए । 

    यसैगरी कार्यक्रममा जनहितकारी सहकारीका नवनिर्वाचित अध्यक्ष नवराज कंडेलले सहकारीलाई अझै प्रभाकारी र सदस्यमुखी कार्यक्रमका साथ उत्कृष्ट संस्थाको रुपमा स्थापित बनाउने प्रतिवद्धता जनाए । 

    जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नवराज कंडेलको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति चयन गरेको छ । जसको खुला उपाध्यक्षमा तीर्थराज गिरी र महिला उपाध्यक्षमा राधा कार्की सर्वसम्मत चयन गरेको छ ।

    यसैगरी सचिवमा यामराज गिरी, कोषाध्यक्षमा संजय योगी चयन भएका छन् । यसैगरी खुला सदस्यहरुमा शान्ती भारती, रुवी आचार्य र हेमन्त कंडेल चयन भएका छन् । 

    यसैगरी भूगोल नं. १ सदस्यमा सरस्वती पुरी, भूगोल नं. ३ सदस्यमा लक्ष्मी भुसाल, भूगोल नं. ४ सदस्यमा सरस्वती गौतम, भूगोल नं। ६ सदस्यमा सौगात रावत र भूगोल नं ११ सदस्यमा धर्मा सुवेदी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक मोति शर्माले नेपालगाथालाई जानकारी दिए । 

    जनहितकारी सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा हिरालाल सुनार र सदस्यहरूमा घनश्याम बोगटी र सविा सिंह सर्वसम्मत चयन भएका छन् ।

    यो समतिसँगै जनहितकारीको नयाँ सञ्चालक समितिले पूर्णता पाएको छ ।  

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार