चर्चित समाचार
  • लगानी बढाएर सफ्टवेयर सञ्चालन गर्न बिमा कम्पनीहरूलाई प्राधिकरणका अध्यक्ष सिलवालको निर्देशन

    लगानी बढाएर सफ्टवेयर सञ्चालन गर्न बिमा कम्पनीहरूलाई प्राधिकरणका अध्यक्ष सिलवालको निर्देशन

    सोमवार, बैशाख २४ २०८१
    सोमवार, बैशाख २४ २०८१
  • लगानी बढाएर सफ्टवेयर सञ्चालन गर्न बिमा कम्पनीहरूलाई प्राधिकरणका अध्यक्ष सिलवालको निर्देशन

    काठमाडौँ / नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हिमाल, पहाड र तराई मधेशका आवश्यकताका आधारमा फरक फरक बिमालेख ल्याउन बिमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । 

    नेपाल बिमा प्राधिकरणले डिजिटल बिमालेख मार्गदर्शन जारी गर्न लागेको सन्दर्भमा आइतबार काठमाडौँमा आयोजित डिजिटल बिमालेख सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बजारको समग्र अनुसन्धान गरी नागरिकका आवश्यकता अनुसार नयाँ बिमालेख ल्याउन निर्देशन दिए । 

    अध्यक्ष सिलवालले भने, “भविष्य अनिश्चित छ, विपद्को जोखिम सधैँ हुन्छ, जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्ने एकमात्र माध्यम भनेको बिमा हो, संसद्, संसदीय समिति, सरकार, राजनीतिक दल लगायत सबैले बिमाका बारेमा बुझेपछि मात्र बिमा क्षेत्रको विकास र पहुँच विस्तारले तीब्रता पाउँछ, त्यसतर्फ सबै लाग्नुपर्छ ।”

    बिमा क्षेत्रमा सूचना प्रविधिको अधिकतम् प्रयोग गरी लागत न्यून गर्न र सेवा प्रवाहलाई छिटोछरितो बनाउनका लागि आगामी १५-२० वर्षसम्मको आवश्यकतालाई धान्ने गरी नयाँ सफ्टवेयर सञ्चालनमा ल्याउन बिमा कम्पनीहरूलाई निर्देशन दिँदै अध्यक्ष सिलवालले भने, “प्राधिकरण क्रमिकरूपमा डिजिटलाइजेशनमा अगाडि बढिरहेको छ, बिमा कम्पनीहरूले पनि लगानी बढाएर नयाँ सफ्टवेयर सञ्चालनमा ल्याउनुपर्छ, कम्पनीका आ-आफ्ना विशेषताहरूलाई सम्बोधन गर्ने गरी नयाँ सफ्टवेयर ल्याउन बीमकका सङ्घहरू अग्रसर हुनुपर्छ, प्राधिकरणले कागजात नस्वीकार्ने निर्णय गरेपछि बाध्य भएर कम्पनीहरू डिजिटलाइजेशनमा जानुपर्ने अवस्था आउनसक्छ ।”

    लघुबिमा कम्पनीहरूलाई न्यून आय भएका बर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबिमा व्यवसाय गर्न इजाजतपत्र दिइएको स्पष्ट गर्दै अध्यक्ष सिलवालले भने, “लघुबिमा कम्पनीहरू इजाजतको परिधिभित्र रहनुपर्छ, न्यून आय भएका बर्ग र पिछडिएका क्षेत्रलाई नै लक्षित गरी काम गर्नुपर्छ, फरक खालका नयाँ बिमालेख ल्याउनुपर्छ, बिमाशुल्क सस्तो हुनुपर्छ, दाबी भुक्तानी छिटोछरितो हुनुपर्छ ।”

    नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा कम्पनीहरूले खोजमूलक अध्ययन अनुसन्धान गरेर नयाँ नयाँ बिमालेखहरू ल्याउनुपर्ने आवश्यकता औँल्याउदै नयाँ बिमालेखबाट बिमाको दायरा बढ्ने र बिमा कम्पनीप्रतिको धारणा पनि राम्रो हुने बताए । 

    नेपाल बिमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले आगामी वर्ष धेरै क्षेत्रमा व्यापकरूपमा डिजिटलाइजेशनमा जाने प्राधिकरणको तयारी रहेको जानकारी दिए । 
    नेपाल बिमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बिमा कम्पनीहरूले पर्याप्त अध्ययन अनुसन्धान गरी बिमालेख ल्याएमा मात्र बिमालेखको बिक्री बढ्ने, बीमित सन्तुष्ट हुने र बिमाप्रतिको विश्वसनीयता समेत बढ्ने बताए । 

    नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषक राज पौडेलले बिमा कम्पनीहरू डिजिटलरूपमा अगाडि बढ्न तयार रहेको बताए । कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी)ले जीवन बिमालेख स्वीकृतिमा देखिएका समस्या तथा चुनौती सम्बन्धी प्रस्तुती गरेका थिए ।

    उनले बजार अध्ययन गरी नयाँ नयाँ बिमालेख प्रचलनमा ल्याउन बिमा कम्पनीहरूलाई आग्रह गर्दै कोडिङ्ग सम्बन्धी व्यवस्थाले बिमालेख स्वीकृतिका लागि आवेदन दिने, स्वीकृति दिने, बिमालेख जारी गर्ने लगायतका कार्य सहज हुने बताए । 

    नेपाल बिमा प्राधिकरणका उपनिर्देशक राम कोजुले बिमालेख कोडिङ्ग तथा डिजिटल बिमालेख सम्बन्धी प्रस्तुती गरेका थिए । 

    बिमालेख कोडिङ्गको शुभारम्भ

    नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्प्युटर प्रणालीका माध्यमबाट हरेक बिमालेखलाई कोडिङ् नम्बर दिने कार्य ‘बिमालेख कोडिङ्ग’ को सोमबार काठमाडौँमा शुभारम्भ गरेका छन् । 

    बिमालेख कोडिङ्गको कार्यान्वयनबाट प्रत्येक बिमालेखको छुट्टाछ्ुट्टै कोड नम्बर हुने, कम्प्युटर प्रणालीबाट नै कोड नम्बर तय हुने, प्राधिकरण र बिमा कम्पनीका वेभसाइटबाट कोड नम्बरका आधारमा बिमालेखबारे समग्र जानकारी प्राप्त गर्न सकिने सुविधाहरू प्राप्त हुनेछन् ।

    कार्यक्रममा जीवन बिमा कम्पनी र लघुबिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा बिमालेख शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार