चर्चित समाचार
  • अरुण चौधरीको प्रकाउमा नाडाको आपत्ति, ठोस प्रमाण बिना छानबिनको नाममा दुःख दिएको आरोप

    अरुण चौधरीको प्रकाउमा नाडाको आपत्ति, ठोस प्रमाण बिना छानबिनको नाममा दुःख दिएको आरोप

    शुक्रवार, माघ १९ २०८०
    शुक्रवार, माघ १९ २०८०
  • अरुण चौधरीको प्रकाउमा नाडाको आपत्ति, ठोस प्रमाण बिना छानबिनको नाममा दुःख दिएको आरोप

    काठमाडौँ / व्यवसायी अरुण चौधरी प्रकाउ परेपछि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आपत्ति जनाएको छ । एक विज्ञप्ति जारी गर्दै नाडाले देशको ठूलो औद्योगिक घराना चौधरीलाई कुनै ठोस प्रमाण र आधार विना नै नेपाल प्रहरीले छानविनका नाममा पक्राउ गरेको भन्दै सरकारको कदमको भर्त्सनासमेत गरेको छ । 

    व्यवसायी चौधरी नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका सदस्य, सीजी होल्डिङ्गसका अध्यक्ष, प्रवन्ध निर्देशकसमेत हुन् । सम्बन्धित विषयको गहिरो अध्ययन र अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्नसमेत नाडाले विज्ञप्तिमार्फत आग्रह गरेको छ । 

    “पहिले गिरफ्तारी तत्पश्चात मात्र समस्या पहिल्याउने प्रवृत्तिले व्यवसायीहरूलाई थप हतोत्साहित मात्र बनाएको छैन यसले आउदै गरेको लगानी सम्मेलनलाई समेत नकारात्मक प्रभाव पार्ने देखिएको छ । पहिला आवश्यक छानविन र सत्यतथ्य यकिन गरेर मात्र कानूनी प्रकृयालाई अघि बढाउन हामी सरकारलाई आग्रह समेत गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार