images
images

चालु आर्थिक वर्षमा पाकिस्तानको निर्यात १२ प्रतिशतले बढ्यो, आयात १६ प्रतिशतले सङ्कुचित

चालु आर्थिक वर्षमा पाकिस्तानको निर्यात १२ प्रतिशतले बढ्यो, आयात १६ प्रतिशतले सङ्कुचित

शुक्रवार, माघ १९ २०८०
शुक्रवार, माघ १९ २०८०
  • चालु आर्थिक वर्षमा पाकिस्तानको निर्यात १२ प्रतिशतले बढ्यो, आयात १६ प्रतिशतले सङ्कुचित

    चालु आर्थिक वर्ष (सन् २०२३ जुलाई देखि सन् २०२४ जुनसम्म) को पहिलो सात महिनामा पाकिस्तानको निर्यात करिब १७.८ अर्ब अमेरिकी डलर पुगेको छ । यो १२ प्रतिशतको वृद्धि भएको देशको वाणिज्य मन्त्रालयले जनाएको छ ।

    images
    images

    सोही अवधिमा आयात १६ प्रतिशतले सङ्कुचित भएको, अघिल्लो आर्थिक वर्षको समान अवधिको तुलनामा व्यापार घाटामा ३९ प्रतिशतले कमी आएको मन्त्रालयले बिहीबार  विज्ञप्तिमार्फत जनाएको छ ।

    विज्ञप्तिअनुसार सन् २०२४ जनवरीमा निर्यात गत वर्षको सोही महिनाको तुलनामा २६.९  प्रतिशतले बढेको छ भने आयातमा ४.५ प्रतिशतले गिरावट आएको छ ।

    पाकिस्तानको विश्वव्यापी व्यापारमा सकारात्मक प्रवृत्तिले देशले अन्तर्राष्ट्रिय व्यापार  निरन्तर विस्तार भइरहेको पाकिस्तानी वाणिज्य मन्त्री गौहर एजाजलाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    यस्ता सकारात्मक प्रवृत्तिहरूले व्यापार तथा आर्थिक वृद्धिलाई प्रवद्धन गर्ने सरकारको अटुट प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने उहाँले बताउनुभयो ।    

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार