पर्सा जिल्लाको विभिन्न स्थानबाट ४२ लाख भन्दा बढी मूल्यको प्याजसहित सशस्त्र प्रहरी बल नेपालले दुई वटा पिकअप गाडी नियन्त्रणमा लिइएको छ ।
बिरगंज महानगरपालिका–२६ सुगौलीस्थित विर्ताबाट आज बुधबार करिब २१ लाख १६ हजार रुपैयाँ बराबरको प्याज र एउटा पिकअप गाडी नियन्त्रणमा लिईएको प्रहरी बलले जनाएको छ ।
प्रदेश २–०३–००१ च ५९३५ नम्बरको पिकअप गाडीमा राखी विन्दावासिनीबाट बिरगंजतर्फ ल्याउँदै गरेको २ हजार ९ सय १० किलो प्याज प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको हो ।
त्यस्तै सोही महानगरपालिका–२५ चण्डाल चोकबाट माघ २३ गते करीव २१ लाख १३ हजार रुपैयाँ बराबरको प्याज र गाडी नियन्त्रणमा लिइएको छ ।
प्रदेश २–०३–००१ च ६२०३ नम्बरको पिकअप गाडीमा राखी बिन्दवासिनीबाट बिरगंजतर्फ ल्याउँदै गरेको २ हजार ८ सय ३० किलो प्याज बिओपी ड्राईपोर्टले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले बताएका छन् ।
बरामद प्याज तथा दुईवटै गाडी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा प्रहरी बलको विज्ञप्तिमा उल्लेख छ ।