चर्चित समाचार
  • अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएपछि सतर्कता अपनाउन ललितपुर महानगरको आग्रह

    अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएपछि सतर्कता अपनाउन ललितपुर महानगरको आग्रह

    शुक्रवार, माघ २६ २०८०
    शुक्रवार, माघ २६ २०८०
  • अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएपछि सतर्कता अपनाउन ललितपुर महानगरको आग्रह

    ललितपुर / ललितपुर महानगरपालिकाले सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखा परेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महानगरले एक सूचना प्रकाशित गर्दै लमजुङ, कास्की, तनहुँ तथा गोदावरी नगरपालिका ७ ललितपुर र कीर्तिपुर नगरपालिका ६ काठमाडौँमा समेत सो रोग पुष्टि भएकाले महानगरले सतर्कता अपनाउन आग्रह गरेको हो । 

    फर्ममा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ्ग पाउडर फर्मालिन लगायतका नि सङ्क्रमणका औषधिहरू प्रयोग गरी निःसंक्रमण गर्ने, रोगको शङ्का लागेका पशुहरूलाई स्थानबाट छुट्टाएर अलग्गै राख्न र मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्न तथा जलाउन महानगरले आग्रह गरेको छ ।

    त्यस्तै, घरपालुवा सुँगुर बङ्गुरलाई जङ्गली बँदेलको सम्पर्कमा आउन नदिन, रोग देखा परेको क्षेत्रबाट संगुर प्रजाति पठापाठी संयमित मासु र दानाको ओसारपसार नगर्न नगराउन लगायत महानगर क्षेत्रभित्रका विभिन्न स्थानहरूमा पालिएका बङ्गुर तथा सुँगुर पालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउनु भनिएको छ । 

    अनिवार्यरूपमा स्वास्थ्य प्रमाणपत्र लिएर मात्र स्वास्थ्य सुँगुर, बङ्गुर वा मासुको ओसार प्रसार गर्ने गराउने आग्रह गरेको छ । नेपालमा यो रोग पहिलो पटक २०७९ साल जेठ २ गते पुष्टि भएको थियो। अफ्रिकन स्वाइन फिभर उच्च मृत्युदर भएको अति खतरनाक महामारीजन्य सरुवा रोग हो। यो रोग अफ्रिकी महादेशमा मात्र सीमित रहेकोमा सन् २०१८ मा चीनमा देखा परेको थियो। त्यसपछि क्रमशः भारत र भुटानमा देखा परेको थियो।

    यो रोगको कुनै खोप वा प्रभावकारी उपचार छैन। यसबाट ठूलो आर्थिक क्षति हुने भएकाले बङ्गुर मरेमा वा सुँगुर प्रजातिमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट), कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छ्टपटाउने जस्ता लक्षण देखिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार