चर्चित समाचार
  • बिज्ञापन बोर्डले अधिक शुल्क लिइ कालोबजारी गर्ने विज्ञापन एजेन्सीलाई गर्यो कारबाही, करिब हजार प्रतिशतसम्म बढाएर लिन्थे रकम !

    बिज्ञापन बोर्डले अधिक शुल्क लिइ कालोबजारी गर्ने विज्ञापन एजेन्सीलाई गर्यो कारबाही, करिब हजार प्रतिशतसम्म बढाएर लिन्थे रकम !

    सोमवार, माघ २९ २०८०
    सोमवार, माघ २९ २०८०
  • बिज्ञापन बोर्डले अधिक शुल्क लिइ कालोबजारी गर्ने विज्ञापन एजेन्सीलाई  गर्यो कारबाही, करिब हजार प्रतिशतसम्म बढाएर लिन्थे रकम !

    काठमाडौं/ विज्ञापन बोर्डले  विज्ञापनको कारोबार गर्ने कोकिल मिडियालाई कालोबजारी गरेको आरोपमा कारबाही गरेको छ । उक्त मिडियाले प्रसारणको आदेश दिएका एफएममा समेत अत्याधिक ९८६.५८ प्रतिशत सेवा शुल्क राखी कालोबजारी गरेको जनाएको छ ।

     काठमाडौं अनामनगरस्थित रहेको उक्त कम्पनीलाई दश हजार रुपैया जरिबाना सहित अर्को वर्ष २०८१ साल असार मसान्तसम्म विज्ञापन कारोवार रोक्‍का गर्ने निर्णय समेत गरेको छ। 

    बोर्डका प्रमुख प्रशासकीय अधिकृत एवं प्रवक्ता निशानराज गौतमका अनुसार नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्‍चार केन्द्र, टेकु, काठमाडौँसँग उक्त एजेन्सीले यहि असोज १२ गते गरेको सम्झौतामा उल्लेखित रकमभन्दा अत्यधिक सेवा शुल्क लिएको छानबिनका क्रममा पाइएको जनाएको छ । 

    उक्त एजेन्सीले केन्द्रसँग विज्ञापन प्रसारणवापत प्रति स्पट रु.१०६.६१ मा सम्झौता गरी एफएम रेडियोमा प्रति स्पट रु.११.११ मा प्रसारण आदेश दिई प्रति स्पट रु.९८.५० अर्थात ९८६.५८ प्रतिशत सेवा शुल्क लिने तयारी गरेको पाइएपछि बोर्डले कारवाहीको निर्णय गरेको हो।


    साथै कोकिल मिडियाले ५२ वटा एफएम रेडियोबाट विज्ञापन प्रसारण गर्नु पर्नेमा २० वटा एफएम रेडियोमामात्र विज्ञापन प्रसारणको आदेश दिएको पाईएकोले बोर्डको २०८० साल माघ १९ गते बसेको बैठकले विज्ञापन (नियमन गर्ने) नियमावली २०७७ (पहिलो संशोधनसमेत) को नियम ११ ख को उपनियम (१) बमोजिम २०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोवार रोक्‍का राख्‍ने र सो अवधिसम्म उक्त एजेन्सीलाई विज्ञापन बोर्डमा सूचीकरण समेत नगर्ने निर्णय गरेको छ । 

     

     अब आईन्दा बोर्डमा सूचीकृत विज्ञापन एजेन्सी र सञ्‍चार माध्यमसंग मात्र विज्ञापन कारोवार गर्न गराउन विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ ट बमोजिम राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्‍चार केन्द्र, टेकु, काठमाडौलाई निर्देशन पनि दिएको छ ।


    विज्ञापन वापतको रकम भुक्तानी गर्दा सञ्‍चारमाध्यमको बिजकको प्रतिलिपि सहित एजेन्सीको कमिशन खुल्ने बिजकको आधारमा मात्र भुक्तानी गर्ने गराउने ब्यवस्था मिलाउन राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्‍चार केन्द्र, टेकु, काठमाडौलाई निर्देशन दिएको छ । 

     
    मिडियाले यहि असोजमा २० वटा एफएम रेडियोलाई ९ दिनमा दिनको १० स्पटका दरले ९० स्पट विज्ञापन प्रसारणका लागि आदेश पठाएको र उक्त आदेशमा सो विज्ञापन प्रसारण गरेवापत एक हजार रुपैया भुक्तानी गर्ने उल्लेख भएको एफएम रेडियोहरुको तर्फबाट बोर्डमा उजुरी परेको थियो । 

    बोर्डका अनुसार  अर्कोबर्ष २०८१ साल असार मसान्तसम्म कोकिल मिडियासंग कुनैपनि प्रकारको विज्ञापन कारोवार नगर्न नगराउन विज्ञापनदाता तथा सञ्‍चार माध्यमलाई सजक गराएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार