images
images

हाउजिङ, भवन र निर्माण सम्बन्धि एक्स्पो बैशाख २७ गतेदेखि हुने, १२ हजार रुपैयाँमै स्टल पाइने

हाउजिङ, भवन र निर्माण सम्बन्धि एक्स्पो बैशाख २७ गतेदेखि हुने, १२ हजार रुपैयाँमै स्टल पाइने

मंगलवार, फागुन १ २०८०
मंगलवार, फागुन १ २०८०
  • हाउजिङ, भवन र निर्माण सम्बन्धि एक्स्पो बैशाख २७ गतेदेखि हुने, १२ हजार रुपैयाँमै स्टल पाइने

    काठमाडौँ / काठमाडौँस्थित भृकुटी मण्डपमा ‘आवास र निर्माण नेपाल २०२४’ आगामी बैशाख २७ देखि ३० गतेसम्म आयोजना हुने भएको छ । ३३ वर्षदेखि प्रदर्शनीको क्षेत्रमा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको हाउस अफ राजकर्णिकारले आयोजना गर्न लागेको हो ।

    images
    images

    हाउस अफ राजकर्णिकार बिटुबि र बिटुसि आगन्तुकहरूलाई आकर्षित गर्ने हरेक प्रविधिमा पोख्त मात्र नभई आवास र निर्माण क्षेत्रका व्यवसायिक र संस्थागत समुदायसँग परिचित भएको दावी गरिन्छ । हाउजिङ, भवन र निर्माण सम्बन्धि एक्स्पो आयोजक हाउस अफ राजकर्णिकारले विगतमा एनएलएचडिएको स्वामित्वमा दुई सफल आवास र निर्माण एक्सपोहरू आयोजना र व्यवस्थापन गरिसकेको छ।

    आवास, निर्माण र पूर्वाधार क्षेत्र हालै सुस्त भएको देखिए पनि यो नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो अङ्ग हो। यस अत्यन्त महत्त्वपूर्ण उद्योगका बिक्रेताहरूका लागि आवास र निर्माण नेपाल २०२४ बजारमा विश्वास देखाउने र यसरी क्रेताहरूमा विश्वास जगाउने ठूलो अवसर हो।

    आवास र निर्माण नेपाल २०२४ नेपालमा आवास, निर्माण र पूर्वाधार क्षेत्रको विशाल आकार, वृद्धि र सम्भावनाबाट प्रेरित भएको छ। आवास बजारमा सधैँ उतारचढाव रहने स्वाभाविक नै हो तर प्रवृत्ति सधैँ विस्तारकै देखिएको छ र कोभिड(१९ महामारीमा खुम्चिएको मागको दबाबले यसलाई ठूलो उछालतर्फ धकेलिरहेको छ।

    नेपाल ल्यान्ड हाउजिङ डेभलपर्स एसोसिएसन (एनएलएचडीए)का अनुसार नेपालमा वार्षिक १ लाख ४० हजार घरको माग रहेको छ तर नेपालले वार्षिक करिब २५ हजार घर मात्र निर्माण गर्न सक्ने अवस्थामा छ।

    नेपाल राष्ट्र बैंक (२०१८)का अनुसार नेपालमा घरजग्गा र आवास क्षेत्रमा ८८ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । । साथै, नेपालको केन्द्रीय बैंकले नेपालको कुल गृहस्थ उत्पादनमा आवास क्षेत्रको योगदान ८ प्रतिशत रहेको अनुमान गरेको छ। त्यस्तै, एनएलएचडीएले देशको कुल लगानीको १५–३५ प्रतिशत रकम घर निर्माणमा लगानी हुने पुष्टि गर्दछ।

    पूर्वाधार निर्माण यस उद्योगको महत्वपूर्ण हिस्सा भएतापनि आवास क्षेत्र निर्माण क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्छ त्यसैले निर्माण उद्योगले प्रदान गर्ने व्यापार अवसर सबै हिसाबले ठूलो छ। नेपालको निर्माण उद्योगले राष्ट्रिय कुल गृहस्थ उत्पादनमा करिब १० देखि ११ प्रतिशत योगदान पुर्‍याउँछ र यसले नेपालको सरकारी बजेटको करिब ३५ प्रतिशत र विकास बजेटको ६० प्रतिशत हिस्सा खर्च गर्छ।

    निर्माण उद्योगको उत्पादन वार्षिक करिब ५०० अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ र औसतमा वार्षिक ९ प्रतिशतले बढिरहेको छ ।

    निर्माण उद्योगले २०२४ मा यसको पूर्व(महामारी रेकर्डहरुलाई उछिन्ने अपेक्षा गरिएको छ किनकि निर्माण आपूर्ति श्रृङ्खलाले आफ्नो गति पुनः प्राप्त गरेको छ। नेपालले पुनर्निर्माणको अधुरो कामको संचय समाप्त गर्दैछ । पुनर्निर्माणका लागि सरकारी सहयोग पाउन योग्य घरधुरीमध्ये करिब ३० देखि ४० प्रतिशत घरधुरी २०२३–२०२४ मा सम्पन्न हुने अनुमान छ।

    भारत र बंगलादेशसँग हालै भएको निर्यात सम्झौताले सार्वजनिक र निजी क्षेत्र दुवैमा जलविद्युत आयोजनाको विस्तारलाई थप उर्जा दिएको छ। राष्ट्रिय गौरवका करिब २२ आयोजना निर्माणाधीन छन् वा संचलानमा जाने तरखरमा छन्। एमसीसी कम्प्याक्ट नेपालजस्ता वैदेशिक सहायताले सञ्चालित पूर्वाधार परियोजनाहरूले आगामी वर्षहरूमा निर्माण कार्यको वृद्धिलाई थप प्रोत्साहन दिनेछन्।

    आवास र निर्माण नेपाल २०२४ ले क्रेता(विक्रेता जलपान समारोह, आवासीय निर्माण क्लिनिक र उद्योग अन्तरक्रिया मञ्चमा ‘पूर्वाधार टेन्डर बोलपत्रको कला र विज्ञान,’ ‘राष्ट्रिय भवन संहिता अनुपालन’ र ‘ग्रीन बिल्डिंग प्रमाणीकरण’ जस्ता चर्चित विषयहरूमा प्रस्तुत गर्नेछ।

    यस्तै आवास र निर्माण नेपालले साना व्यवसाय र व्यक्तिगत विक्रेताहरूलाई लक्षित गर्दै मात्र १२ हजार रुपैयाँमा रियल इस्टेट मार्ट स्टल पनि उपलब्ध गराउने छ। आवास र निर्माण नेपाल २०२४ ले लगभग १७५ प्रदर्शकहरू हुने र लगभग २५ हजार बिटुबि र बिटुसी आगन्तुकहरू आकर्षित गर्ने अपेक्षा गरेको छ।

    अधिकतम संख्यामा व्यवसायी र पेशाकर्मीहरूलाई प्रदर्शनी अवलोकन गराउने सुनिश्चित गर्न आगन्तुक प्रवर्द्धन अभियानमा कुनै कसर बाँकी राखिने छैन । जति गर्न सकिन्छ, सबै प्रयास गरिनेछ। 

    दैनिक अखबार, मासिक पत्रिका, टिभी, रेडियो, सडक पोस्टर सबैमा विज्ञापन गरिनेछ तर यी परम्परागत सूचना प्रविधिका , तुलनामा  डिजिटल मिडिया (इ(पोर्टल ब्यानर र न्म्ल्क० र सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम र लिंक्डइन) आवास र निर्माण नेपालको प्रवर्द्धनहरूमा व्यापक प्रयोग गरिनेछ। 

    यद्यपि, २२,००० व्यक्ति तथा संस्थाका सूचनामा आधारित बल्क मेल, एस।एम।एस र व्यक्तिगत निमन्त्रणा जस्ता प्रत्यक्ष मार्केटिङ प्रयासले आवास र निर्माण नेपाल २०२४ मा लक्षित आगन्तुकहरूलाई सु(सूचित गराउन मुख्य भूमिका खेल्नेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार