images
images

पेट्रोल प्रतिलिटर ५ र डिजेल ४ रुपैयाँले सस्तियो, अब कति पर्ला ?

पेट्रोल प्रतिलिटर ५ र डिजेल ४ रुपैयाँले सस्तियो, अब कति पर्ला ?

शनिवार, चैत २ २०८१
शनिवार, चैत २ २०८१
  • images
    images
    पेट्रोल प्रतिलिटर ५ र डिजेल ४ रुपैयाँले सस्तियो, अब कति पर्ला ?
    images
    images

    काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले चैत ३ गते बिहान १ बजेदेखि लागु हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँले मूल्य घटाएको हो । 

    images
    images

    इण्डियन आयल कर्पोरेसनबाट चैत २ गते प्राप्त मूल्य अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । मूल्य घटेसँगै काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेल १५१ रुपैयाँ पर्नेछ ।

    यसैगरी, पहिलो वर्ग अन्तर्गत चारआली, जनकपुर, विराटनगर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको भाउ प्रतिलिटर १६० रुपैयाँ ५० पैसा कायम भएको छ । डिजेल तथा मट्टितेल प्रतिलिटर १४८ रुपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ्मा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ तोकिएको छ । डिजेल तथा मट्टितेल प्रतिलिटर १५० रुपैयाँ पर्नेछ । 

    note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार