images
images

९ प्रतिशतले बढ्यो घरजग्गा कारोबार, ३ अर्ब ७१ करोड राजस्व संकलन

९ प्रतिशतले बढ्यो घरजग्गा कारोबार, ३ अर्ब ७१ करोड राजस्व संकलन

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार माघ महिनामा देशभर ४९ हजार २९० संख्यामा घरजग्गा कारोबार भएको छ ।

मंगलवार, फागुन १ २०८०
मंगलवार, फागुन १ २०८०
  • ९ प्रतिशतले बढ्यो घरजग्गा कारोबार, ३ अर्ब ७१ करोड राजस्व संकलन

    काठमाडौँ / माघ महिनामा देशभर ४९ हजार २९० संख्यामा घरजग्गा कारोबार भएको छ । यो अघिल्लो महिनाको तुलनामा करिब ९ प्रतिशतले बढी हो । 

    images
    images

    पुषमा ४५ हजार २७७ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ । यो हिसाबले घरजग्गाको कारोबार पुसको तुलनामा माघमा ८.८६ प्रतिशतले बढेको छ । घरजग्गा कोरोबार बढेसँगै राजश्व पनि बढेको देखिन्छ । 

    विभागकाअनुसार माघमा कुल ४९ हजार २९० वटा घरजग्गा लिखत पास भएको मध्ये नामसारी ४३८३ वटा, संशोधन १० हजार ४८२ वटा रहेका छन् । ३३ हजार २३४ जग्गा रोक्का भएको छ भने २८ हजार ५८६ जग्गा फुकुवा भएको छ ।

    पुषमा घरजग्गा कारोबारबाट सरकारलाई ३ अर्ब २० करोड ५२ लाख रुपैयाँ राजश्व प्राप्त भएको थियो भने माघ महिनामा ३ अर्ब ७१ करोड २८ लाख रूपैयाँ राजश्व प्राप्त भएको छ । तथ्याङ्क अनुसार यो पुसको तुलनामा १५.८४ प्रतिशतले बढी हो । 

    सरकारले प्राप्त गरेको कुल राजस्वमध्ये सेवा कर २२ करोड ५१ लाख ५७ हजार ६७९ रुपैयाँ, रजिष्ट्रेसन दस्तुर २ अर्ब २४ करोड ९९ लाख ६१ हजार ७९३ रुपैयाँ र पुँजिगत लाभ कर १ अर्ब १९ करोड ९३ लाख ९६ हजार ७९९ रुपैयाँ तथा अन्य कर तथा दस्तुरहरु रहेका छन् । 

    विभागका अनुसार माघमा सबैभन्दा धेरै जग्गाको कारोबार सुनसरीको भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट भएको छ । उक्त मालपोत कार्यालयबाट २ हजार ३२ वटा घरजग्गा कारोबार भएको छ ।

    चालु आर्थिक वर्ष सुरु भएयता हेर्ने हो भने साउनमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच भएको थियो । त्यस्तै, भदौमा ३५ हजार ६८६ वटा, असोजमा ४७ हजार ३९८ वटा, कात्तिकमा २६ हजार, मंसिरमा ४१ हजार ८५१ वटा र पुस महिनामा ४५ हजार २७७ वटा घरजग्गा कारोबार भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार