images
Logo
images
images
images

पर्यटन बोर्डदेखि रिपोर्टस क्लबसम्मले तिरेन भृकुटीमण्डपको भाडा, कसले कति छ तिर्न बाँकी ?

पर्यटन बोर्डदेखि रिपोर्टस क्लबसम्मले तिरेन भृकुटीमण्डपको भाडा, कसले कति छ तिर्न बाँकी ?

परिषदको भृकुटीमण्डप व्यवस्थापन विभागले ५१ संस्था/व्यक्ति/व्यवसायीहरूको सूचीमा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखादेखि काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको नाम समेत छ ।

शनिवार, चैत २३ २०८१
शनिवार, चैत २३ २०८१
  • पर्यटन बोर्डदेखि रिपोर्टस क्लबसम्मले तिरेन भृकुटीमण्डपको भाडा, कसले कति छ तिर्न बाँकी ?
    images
    images
    images
    images

    काठमाडौँ / समाज कल्याण परिषदको स्वामित्व रहेको काठमाडौँको भृकुटीमण्डपस्थित भवन र जग्गा भोगचलन गरेबापत भाडा नतिर्नेहरु ५१ संस्था र व्यक्ति नाम सार्वजनिक भएको छ । 

    समाज कल्याण परिषद्ले २०८१ चैत्र २१ गते दैनिक पत्रिकामा ३५ दिने सूचना जारी गर्दै ५१ संस्थाको सूची सार्वजनिक गरेको हो । सूचीमा नेपाल पर्यटन बोर्डदेखि चर्चित पत्रकार ऋषि धमलाको रिपोर्टस क्लबसम्म छन् । बोर्डको १ करोड ६७ लाख बढी वक्यौता छ भने क्लबको मात्रै ४६ लाख ५८ हजार ६४९ रुपैयाँ बक्यौता तिर्न बाँकी देखिन्छ ।

    परिषदको भृकुटीमण्डप व्यवस्थापन विभागले ५१ संस्था/व्यक्ति/व्यवसायीहरूको सूचीमा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखादेखि काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको नाम समेत छ । 

    पटकपटक पत्राचार र सूचना प्रकाशित गरी भाडा तिर्न निर्देशन दिए पनि बेवास्ता गरेको विभागले जनाएको छ । तोकिएको समयभित्र भाडा नबुझाएको खण्डमा कानुनबमोजिम असुलउपर गरिने विभागले चेतावनी दिएको छ ।

    1.JPG2.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com