सामसुङले नेपाल आफ्नो चर्चित एम सिरिजमा नयाँ मोन्स्टर डिभाइस ग्यालेक्सी एम१६ फाइभजी सार्वजनिक गरेको छ। कम्पनीले नेपाली बजारमा स्टाइल र नविनताको उत्कृष्ट संयोजन रहेको हरेक प्रयोगकर्तालाई नयाँ सम्भावनाको ढोका खोल्ने दावी गरिएको उक्त फोन सार्वजनिक गरेको हो । ग्यालेक्सी एम१६ फाइभजी मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ, जसले : सिरिजको परम्परालाई निरन्तरता दिएको छ।
सामसुङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “नयाँ डिजाइनसहितको ग्यालेक्सी एम१६ फाइभजी स्टाइल र परफर्मेन्स दुबैमा सुधार ल्याउन तयार गरिएको हो, र यसमा सेग्मेन्ट-अग्रणी एफएचडि प्लस अमोल्ड डिस्प्ले, ६ वर्षको ओएस अपग्रेड र सुरक्षा अपडेट पनि भएकोले एउटा नयाँ मापदण्ड नै स्थापित गरेको छ ।
मोन्स्टर डिस्प्ले
ग्यालेक्सी एम१६ फाइभजी मा ६.७ इन्चको एफएचडि प्लस सुपर अमोल्ड डिस्प्ले दिइएको छ, जसले भाइब्रान्ट कलर र क्लेरिटी दिन्छ। यसको अडेप्टिभ हाइ ब्राइटनेस मोडले घाममा पनि सजिलै कन्टेन्ट हेर्न मिल्ने सुविधा दिन्छ-जेन जेड र millennial का लागि एकदम उपयुक्त।
मोन्स्टर डिजाइन
नयाँ लिनियर ग्रुप क्यामेरा मोड्युल, सन्तुलित र बोल्ड रंग संयोजन, र ७.९ एमएम स्लिम डिजाइनले यो डिभाइसलाई स्टाइलिस र ट्रेन्डी बनाएको छ। यो फोन ब्लस पिंक, मिन्ट ग्रीन र टुन्डर ब्ल्याक गरी तीन रंगमा उपलब्ध छ ।
मोन्स्टर पफर्मेन्स एण्ड कनेक्टीभिटी
ग्यालेक्सी एम१६ फाइभजी मा मिडिया टेक डिमेनसिटी ६३०० प्रोसेसर प्रयोग गरिएको छ – जसले मल्टिटास्किंगमा स्पिड र इफिसेन्सी सुनिश्चित गर्छ।
मोन्स्टर क्यामेरा
50MPको मुख्य क्यामेरा, फाइभ एमपिको अल्ट्रा-वाइड, २ एमपिको माक्रो क्यामेरा र १३एमपि को फ्रन्ट क्यामेराले तपाईंको फोटो र सेल्फी अनुभवलाई अर्को स्तरमा पुर्याउनेछ।
मोन्स्टर ब्याट्री
5000mAh को ब्याट्री र २५ वाटको फास्ट चार्जिङ सपोर्टले लामो समयसम्म ब्राउज, गेमिंग र बिन्ज–वाचिंग गर्न मिल्छ।
मोन्स्टर ग्यालेक्सी एक्सपेरियन्स
सामसुङले ग्यालेक्सी एम१६ फाइभजी मार्फत ६ बर्षको ओएस अपेडेट र ६ वर्षको सुरक्षा अपडेट उपलब्ध गराउँदैछ।
साथै, Samsung Knox Vault सुरक्षा प्रणाली र भ्वाइस फोकस जस्ता फिचरले प्रयोगकर्तालाई सुरक्षित र स्पष्ट अनुभव दिन्छ।
मूल्य र उपलब्धता
सामसुङ ग्यालेक्सी एम१६ फाइभजी नेपालभरका सामसुङ्को आधिकारिक स्टोरहरूमा उपलब्ध छ।
यो फोन ब्ल्याक, लाइट ग्रीन र लाइट पिंक कलरमा उपलब्ध छ भने यसको मूल्य २६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
सुविधाजनक इएमआइ सुविधा
सामसुङ इन्स्टा फाइनान्स सेवा अन्तर्गत, हुला फाइनसर्भबाट मात्र नागरिकताकै आधारमा न्यूनतम १३५० रुपैयाँ महिनाको इएमआईमा फोन किन्न सकिन्छ ।
साथै, पुराना फोन साटेर ग्यालेक्सी एम१६ फाइभजी किन्न सबको फोन र अर्कोस्टोर मार्फत एक्सचेन्ज गर्न सकिन्छ।