images
images

महालक्ष्मी विकास बैंकबाट नयाँ वर्ष लक्षित १०.९९ प्रतिशतमै पाइन्छ विभिन्न यी कर्जा योजनाहरु

महालक्ष्मी विकास बैंकबाट नयाँ वर्ष लक्षित १०.९९ प्रतिशतमै पाइन्छ विभिन्न यी कर्जा योजनाहरु

मंगलवार, फागुन १ २०८०
मंगलवार, फागुन १ २०८०
  • महालक्ष्मी विकास बैंकबाट नयाँ वर्ष लक्षित १०.९९ प्रतिशतमै पाइन्छ विभिन्न यी कर्जा योजनाहरु

    काठमाडौं/  महालक्ष्मी विकास बैंकले नयाँ वर्ष लक्षित विभिन्न कर्जा योजनाहरु ल्याएको छ । १०.९९ प्रतिशत ब्याजदरमै पाइने विभिन्न कर्जा योजनाहरु अन्तर्गत बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी ल्याएको जनाएको छ ।  योजनाहरु महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजनाहरु ल्याएको हो । 

    images
    images

    सो योजना अन्तर्गत महालक्ष्मी घर कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा मात्र १०.९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मात्र ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गर्ने बैंकले जनाएको छ । 

     स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशत सम्म छुट :


     यी तीनै प्रकारको कर्जाहरुमा पहिलो १ वर्षको लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशत सम्म छुट प्रदान गर्ने बैंकको प्रेस विज्ञप्तिमा भनेको छ ।  यस्तैगरी आवश्यक सम्पुर्ण कागजात प्राप्त भएको ३ कार्य दिनभित्र नै कर्जा प्रवाह गर्ने बैंकको दाबी छ । 

    उक्त योजना अनुसार आवासीय÷व्यापारिक घर÷जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप÷पुर्ननिर्माण÷मर्मत सम्भार गर्न महालक्ष्मी घर कर्जा अन्तर्गत न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी रु. ५ करोडसम्मको कर्जा प्रदान गर्ने छ । 

    १५ वर्षको अवधि  सम्मको लागि १०.९९ प्रतिशतमा व्यवसायिक कर्जाः

    साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्ष देखि १५ वर्षको अवधि  सम्मको लागि १०.९९ प्रतिशतमा व्यवसायिक कर्जा प्रदान गर्ने योजना ल्याएको छ ।

    त्यसैगरी, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा  ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रदान गरिनेछ । सवारी कर्जा (व्यक्तिगत) को न्यूनतम अवधि २ वर्ष र अधिकतम अवधि ५ वर्षसम्म रहनेछ । विद्युतीय सवारीको हकमा भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा र अन्य सवारीमा कोटेशन मूल्यको ५० प्रतिशतसम्म कर्जा पाइने छ । 

    “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले वित्तीय सेवा प्रवाह गरिरहेको संस्था हो । 

    यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै  गत पुस २८ गते सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार