चर्चित समाचार
  • निर्यातमा आइरन, स्टिल र सिमेन्टको मात्रै हिस्सा ११ प्रतिशत, सात महिनामा १० अर्बको निर्यात

    निर्यातमा आइरन, स्टिल र सिमेन्टको मात्रै हिस्सा ११ प्रतिशत, सात महिनामा १० अर्बको निर्यात

    बुधवार, फागुन ९ २०८०
    बुधवार, फागुन ९ २०८०
  • निर्यातमा आइरन, स्टिल र सिमेन्टको मात्रै हिस्सा ११ प्रतिशत, सात महिनामा १० अर्बको निर्यात

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनाको अवधिमा १० अर्ब रूपैयाँ बढीको आइरन, स्टिल निर्यात भएको छ। 

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आथिृक बर्षको साउनदेखि माघ महिनासम्ममा १० अर्ब २० करोड १२ लाख रूपैयाँ बराबरको आइरन र स्टिल निर्यात भएको छ। 

    यो सात महिनामा कुल ८६ अर्ब ८३ करोड रूपैयाँ बराबरको सामान निर्यात भएको छ। जम्मा निर्यातमा आइरन र स्टिलको मात्रै हिस्सा ११ प्रतिशत रहेको छ।

    सात महिनाको अवधिमा गत वर्षभर भएको निर्यात बराबरको निर्यात भएको छ। गत वर्ष आइरन स्टिलको निर्यात १० अर्ब ८२ करोड रूपैयाँ बराबरको भएको थियो। गत वर्ष सात महिनाको अवधिमा भने जम्मा ५ अर्ब ८५ करोड रूपैयाँको निर्यात भएको थियो।

    चालु वर्षको आइरन र स्टिलको निर्यातमा सबैभन्दा बढी जस्तापाताको हिस्सा रहेको छ। भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा ७ अर्ब रूपैयाँ बराबरको जस्तापाता निर्यात भएको छ। 

    सात महिनाको अवधिमा ८७ अर्ब बढीको आयात भएको छ। निर्यात गत वर्षको तुलनामा दोब्बरले बढ्दा आयात भने घटेको छ। यसले नेपालमा यस्ता सामग्रीको मागमा कमी आएको तथा नेपाली उद्योगले मूल्य अभिवृद्धि बढाएको संकेत गर्छ।

    सात महिनाको अवधिमा सिमेन्ट तथा क्लिंकरको निर्यात दुई अर्ब ६ करोड रूपैयाँ बराबरको भएको छ। गत वर्ष सात महिनाको अवधिमा १६ करोड ७० लाख रूपैयाँ बराबरको निर्यात भएको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार