images
images

नेशनल लाइफ इन्स्योरेन्सले मनायो ३७औँ बार्षिकोत्सव, जीवन बीमा कोषमा करिब ७१ अर्ब बचत

नेशनल लाइफ इन्स्योरेन्सले मनायो ३७औँ बार्षिकोत्सव, जीवन बीमा कोषमा करिब ७१ अर्ब बचत

शुक्रवार, फागुन ११ २०८०
शुक्रवार, फागुन ११ २०८०
  • images
    images
    नेशनल लाइफ इन्स्योरेन्सले मनायो ३७औँ बार्षिकोत्सव, जीवन बीमा कोषमा करिब ७१ अर्ब बचत

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३६ औँ वर्ष पूरा गरी ३७ औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्प्नीले विभिन्न कार्यक्रमहरूको आयोजना गरी बार्षिकोत्सव मनाएको छ  ।

    images
    images

    बार्षिकोत्सवको अववसरमा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौँमा आयोजित विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    त्यस्तै, देशभरमा ५३ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम र अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टिविहिन व्यक्तिहरुलाई सेतो छडि वितरण गरिएको कम्पनीले जनाएको छ । 

    नेपालको अग्रणी जीवन बीमा कम्पनीको रूपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको कम्पनीको भनाइ छ । 

    11.jpg

    संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७८÷०७९ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश पारित गरी साधारण सभासमेत सम्पन्न गरिसकेको छ । 

    कम्पनीको जीवन बीमा कोषमा रु.७१ अर्बको हाराहरीमा रकम जम्मा भएको छ ।

     आर्थिक वर्ष २०७८/०७९ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ । 

    आ.व.२०७८/०७९ को बीमाङ्कीय मूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम प्रतिहजार ६३ रुपैयाँ देखि अधिकतम् प्रति हजार ८५ रुपैयाँसम्म प्रदान गरेको कम्पनीले बताएको छ । 

    नेशनल लाइफ इन्स्योरेन्सको शाखा कार्यालय नेपालगंजमा आफ्नो भवन निर्माण भई सम्पन्न हुने अवस्थामा रहेको छ । ११७ शाखा कार्यालय संख्या र ५०० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाख भन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् । 1.jpgकम्पनीले स्थापनाकाल देखि २०८० साल पौष मसान्त सम्म कूल बीमाशुल्क आम्दानी रु.१०२ अरब ३० करोड आर्जन गरेको छ भने कूल ४५ लाख ५६ हजार बीमालेख जारी गरेको छ र कूल रु.३७ अरब ४९ करोड बराबर बीमा दावी भुक्तानी गरेको छ । 

    बार्षिकोत्सवको अवसरमा कम्पनीले ब्यवसायिकता, प्रविधि मैत्री पारदर्शीता एवं विश्वसनियता लाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ भने कर्मचारी, अभिकर्ता, ग्राहकहरू र नियामक निकायहरूप्रति धन्यवादसमेत ज्ञापन गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार