images
images

अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ बढ्यो, कुन मुद्रा कतिमा साट्न सकिन्छ ?

अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ बढ्यो, कुन मुद्रा कतिमा साट्न सकिन्छ ?

शनिवार, फागुन १२ २०८०
शनिवार, फागुन १२ २०८०
  • अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ बढ्यो, कुन मुद्रा कतिमा साट्न सकिन्छ ?

    काठमाडौँ / शुक्रबार घटेर कारोबार भएको अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ आज बढेको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलरको खरिदमा १३२ रुपैयाँ ४१ पैसा र बिक्रीमा १३३ रुपैयाँ ०१ पैसा तोकिएको छ । 

    images
    images

    यसअघि अमेरिकी डलरको भाउ एकको खरिदमा १३२ रुपैयाँ २५ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८५ पैसा रहेको थियो। 

    यता, युरोपियन युरोको भाउ भने घटेको छ । यसअघि एकको १४३ रुपैयाँ ४८ पैसा र बिक्रीमा १४४ रुपैयाँ १४ पैसा रहेकोमा आज घटेर खरिदमा १४३ रुपैयाँ ४० पैसा र बिक्रीमा १४४ रुपैयाँ ५ पैसा कायम भएको छ। 

    त्यस्तै, अष्ट्रेलियन डलरको भाउ पनि घटेको छ । यसअघि बढेर खरिदमा ८७ रुपैयाँ ४ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४४ पैसा पुगेको अष्ट्रेलियन डलर आज घटेर खरिदमा ८६ रुपैयाँ ९४ पैसा र बिक्रीमा ८७ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

    जापानिज येन घटेर १० को खरिद दर ८ रुपैयाँ ७९ पैसा र बिक्री दर ८ रुपैयाँ ८३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३० पैसा र बिक्रीमा ३५ रुपैयाँ ४६ पैसा पर्नेछ । 

    त्यस्तै, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३१ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४७ पैसा,  मलेसियन रिंग्गेट एकको खरिदमा २७ रुपैयाँ ७२ पैसा र बिक्रीमा २७ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

    यसैगरी, साउथ कोरियन वन १०० को खरिद मूल्य ९ रुपैयाँ ९५ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिद दर ४३० रुपैयाँ २० पैसा र बिक्री दर ४३२ रुपैयाँ १५ पैसा पर्नेछ भने बहराइन दिनारको एकको खरिदमा ३५१ रुपैयाँ २४ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ८४ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार