images
images

कमजोर बन्दै अमेरिकी डलर, कुन देशको मुद्रा कति रुपैयाँमा साटिन्छन् आज ?

कमजोर बन्दै अमेरिकी डलर, कुन देशको मुद्रा कति रुपैयाँमा साटिन्छन् आज ?

मंगलवार, फागुन १५ २०८०
मंगलवार, फागुन १५ २०८०
  • कमजोर बन्दै अमेरिकी डलर, कुन देशको मुद्रा कति रुपैयाँमा साटिन्छन् आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज मङ्गलबार अमेरिकी डलर कमजोर बनेको छ ।  सोमबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ४१ पैसा पर्नेछ भने बिक्री गर्दाको मूल्य १३३ रुपैयाँ ०१ पैसामा कारोबार भएकोमा आज घटेर खरिदमा १३२ रुपैयाँ ३३ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९३ पैसामा सीमित भएको हो । 

    images
    images


    त्यस्तै, युरोपियन युरो एकको खरिदमा १४३ रुपैयाँ २७ पैसा र बिक्रीमा १४३ रुपैयाँ ९२ पैसा रहेकोमा आज बढेर खरिदमा १४३ रुपैयाँ ६२ पैसा र बिक्रीमा १४४ रुपैयाँ २७ पैसा कायम भएको छ । 
    युरोको भाउ बढ्दा अष्ट्रेलियन डलर भने आज घटेको छ । यसअघि एकको खरिदमा ८६ रुपैयाँ ८७ पैसा र बिक्रीमा ८७ रुपैयाँ २७ पैसा रहेको अष्ट्रेलियन डलरलाई आज एकको खरिदमा ८६ रुपैयाँ ७२ पैसा र बिक्रीमा ८७ रुपैयाँ १२ पैसा पर्नेछ । 

    यसैगरी, क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य ९८ रुपैयाँ ३५ पैसा तोकिएको छ । 

    त्यस्तै, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ७९ पैसा र बिक्री दर ८ रुपैयाँ ८३ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २८ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४४ पैसा र कतारी रियाल एकको खरिद मा ३६ रुपैयाँ २९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४५ पैसा पर्नेछ । 

    यसैगरी, युएई दिरहम एकको खरिदमा ३६ रुपैयाँ ०३ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २७ रुपैयाँ ७० पैसा र बिक्रीमा २७ रुपैयाँ ८३ पैसा, कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिद मूल्य ४३० रुपैयाँ ०५ पैसा र बिक्री मूल्य ४३२ रुपैयाँ पर्नेछ भने बहराइन दिनार एकको खरिदमा ३५१ रुपैयाँ ०३ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ६२ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार