images
images

टोयोटाको सद्भावना दूत बनिन् राष्ट्रिय च्याम्पियन टेबलटेनिसकी नविता

टोयोटाको सद्भावना दूत बनिन् राष्ट्रिय च्याम्पियन टेबलटेनिसकी नविता

बुधवार, फागुन १६ २०८०
बुधवार, फागुन १६ २०८०
  • टोयोटाको सद्भावना दूत बनिन् राष्ट्रिय च्याम्पियन टेबलटेनिसकी  नविता

    काठमाडौं / लगातार नौं पटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिसकी नविता श्रेष्ठ मङ्गलबार टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त भएकी छन् ।

    images
    images

    नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठको उपस्थितिमा नेपालमा टोयोटा मोटरको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) का निर्देशक सुर्यान्स वैद्य र नविताले एक कार्यक्रमबीच सम्झौता गरे ।

    सम्झौता एक वर्षको रहेको छ । सम्झौता अनुसार नविताले टोयोटाका विभिन्न जनचेतना जगाउने कार्यक्रममा साथ दिने छिन् ।

    निर्देशक वैद्यले टोयोटाको विश्वव्यापी पहल ‘स्टार्ट योर इम्पोसिबल’ को अवधारणा अनुरुप नवितासंग सहकार्य गरेको जानकारी दिए ।
    नविताले टोयोटाले आफूलाई सद्भावना दूत नियुक्त गरेकोमा गौरवान्वित भएको बताउदै आफूले टोयोटासंग मिलेर महिला सशक्तीकरणमा काम गर्ने बताइन् ।

    एनओसीका अध्यक्ष श्रेष्ठले टोयोटा ओलम्पिकको विश्वव्यापी साझेदार भएकोले यस सम्झौतामा एनओसीको मध्यस्थकर्ता भूमिका रहेको जानकारी दिदै यो साझेदारीले नेपाली खेलकुद तथा खेलाडीहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार