images
images

सहकारीको दीगोपनामा प्रश्न उठ्दा दक्ष जनशक्ति आकर्षित भएनन् : स्थापित

सहकारीको दीगोपनामा प्रश्न उठ्दा दक्ष जनशक्ति आकर्षित भएनन् : स्थापित

बिहिवार, फागुन १७ २०८०
बिहिवार, फागुन १७ २०८०
  • images
    images
    सहकारीको दीगोपनामा प्रश्न उठ्दा दक्ष जनशक्ति आकर्षित भएनन् : स्थापित

    काठमाडौँ । नेपाल खुला विश्व विद्यालयका प्रा.डा. अरहन स्थापितले नेपालको अर्थतन्त्र ‘पन्चर’ अवस्थामा रहेको बताएका छन् । 

    images
    images

    बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन)ले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिटमा ‘दक्ष जनशक्ति पलायन सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै स्थापितले पन्चर अवस्थामा रहेको अर्थतन्त्रलाई टाल्ने काम रेमिटेन्सले गरेको बताए ।

    “अहिले नेपालीमा दक्ष जनशक्ती कम हुँदै गएको छ । अवसरको खोजीमा विदेश पलायन हुनेक्रम निरन्तर बढेको छ । आर्थिक रूपमा उतार चढाव छ । मुलुकमा आर्थिक, राजनीतिक स्थायित्व नभएसम्म नेपालको दक्ष जनशक्ति अवसरको खोजीमा विदेशिन्छन् ।

    यसलाई नकारात्मक ठान्न हुँदैन”, उनले भने, “रेमिटेन्सबाट धानिएको अर्थतन्त्रलाई सकारात्मक मान्न हुँदैन । यो दीगो समाधान होईन । कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्नको लागि नेपालमा नै अवसर निर्माण गर्नुपर्छ ।”

    नेपालमा दक्ष जनशक्ति आकर्षिणत नहुनु राजनीतिक भाई भतिजा र भ्रष्टाचार,  रोजगारीको सिमित अवसर र घट्दो कृषि उत्पादन नै मुख्य रहेका स्थापितले बताए । अहिले सहकारी क्षेत्रमा समस्या आउनुमा दक्ष जनशक्तिको अभाव नै मुख्य कारक रहेको उनको बुझाई छ । 

    सहकारी संघ सस्थामा अन्धधुन्दा लगानी हुँदा समस्या आएकाले अनुसन्धान र विश्लेषण गरेर मात्र परियोजना कार्यान्वयन गर्नु पर्नेमा उनको सुझाव छ । 

    त्यसैगरी, सरोकारवालासँगको गहन छलफल बिनै नीति निमार्ण, कानुनी अनुपालन पनि अहिलेको समस्या रहेको छ । 

    सहकारीलाई पार्टटाइम जागिरको रूपमा लिएको र सहकारी प्रति नकारात्मक सूचना प्रवाह हुँदा दक्ष जनशक्ति आकर्षित नभएको उनले बताए । 

    त्यसका साथै सहकारीमा जनशक्तिको आकषर्ण कम हुनुमा सीमित वृत्ति विकास, न्यून तलब, आकर्षक सुविधाको अभाव, अस्थिरता र जोखिमको धारणा जस्ता कुरा मुख्य रहेको उनले औल्याए । 

    स्थानिय स्रोत साधन र प्रविधिको प्रयोग गरी नयाँ उद्योग सञ्चालन गर्न सके सहकारीले लगानी वृद्धि गर्नुका साथै रोजगारी सृजना र सदस्यतामा समेत वृद्धि हुँदै जाने उनको बुझाई छ । 

    सहकारीका लागि दक्ष जनशक्तिका लागि सिटिईभिटी र विश्वद्यियालयसँगको सहकार्यमा अघि बढ्न उनले सुझाए ।

    उक्त प्रस्तुतीको टिप्पणी गर्दै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारीमा कर्मचारी छनोट गर्दा नै ध्यान पुर्याउनु पर्ने बताए । 

    भनसुन र पहुँचका आधारमा कर्मचारी नियुक्ति गरियो भने त्यसको विश्वसनियता नहुने उनको बुझाई छ । कर्मचारी छनोटमा निष्पक्ष र पारदर्शितालाई परिपालना गर्न उनको आग्रह छ । 

    त्यसैगरी कर्मचारीको वृद्धि विकासका साथै सेवा सुविधा, निवृतिभरण एंव कर्मचारीको जीवनयापनलाई पनि ध्यान पुर्याउनु पर्ने गुरागाईले बताए । 

    कार्यक्रमको अध्यक्षता गर्दै नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले सहकारीमा दक्ष जनशक्ति आश्यकता रहेका औल्याए । जनशक्ति बिना कुनै पनि संघ संस्थाले उत्कृट सेवा दिन नसक्ने उनको बुझाई छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार