images
images

सहकारी क्षेत्रको यथार्थता बाहिर आउन आवश्यक छ : उपरजिष्ट्रार उपाध्याय

सहकारी क्षेत्रको यथार्थता बाहिर आउन आवश्यक छ : उपरजिष्ट्रार उपाध्याय

बिहिवार, फागुन १७ २०८०
बिहिवार, फागुन १७ २०८०
  • images
    images
    सहकारी क्षेत्रको यथार्थता बाहिर आउन आवश्यक छ : उपरजिष्ट्रार उपाध्याय

    काठमाडौँ / सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीमा समस्या आउनुका कारण र समाधानका उपायहरू पहिचान गर्न आवश्यक रहेको बताएका छन् । 

    images
    images

    बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन)को आयोजनामा बुधबारबाट सुरु भएको दुई दिने बागमती साकोस समिटको उद्घाटन कार्यक्रममा बोल्दै उनले वर्तमान सहकारीको समस्या सामाधानका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताएका हुन् । 

    सहकारीका नीतिगत व्यवस्थाका विषयमा समेत छलफल गरी अभियान सुधारका लागि मार्ग प्रशस्त गर्न्पर्ने धारणा उनको छ । 

    सहकारी सामुहिकताको विषय भए पनि सामुहिकतामा गरिएको काम किन असफल भइरहेको छ सो विषयको समीक्षा गर्नु पर्नेम उनको जोड छ । सामुहिक व्यवसायमा व्यक्ति सफल हुने तर अभियानको विषयमा प्रश्न उठ्ने खालका टिकाटिप्पणी हुनु राम्रो विषय नभएको उनको भनाइ छ । 

    ‘सहकारीले के कस्तो योगदान गरेको छ, त्यसको यर्थात विवरण नहुँदा पनि सहकारीमा समस्या भएको छ,’ उनले भने, ‘यो विषयमा पनि अभियानले भूमिका खेल्नुपर्छ, वास्तविकता बाहिर ल्याउन सके अभियानको महत्व अझ बढ््नेछ र राज्यले समेत यसको महत्व थाहा पाउँछ ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार