images
images

क्यामरा च्याम्पियन रियलमी सि ५३ नेपाली बजारमा, कति पर्छ मूल्य ?

क्यामरा च्याम्पियन रियलमी सि ५३ नेपाली बजारमा, कति पर्छ मूल्य ?

शुक्रवार, फागुन १८ २०८०
शुक्रवार, फागुन १८ २०८०
  • क्यामरा च्याम्पियन रियलमी सि ५३ नेपाली बजारमा, कति पर्छ मूल्य ?

    काठमाडौँ / अहिले मानिसहरुमा उत्कृष्ट क्यामरा र अत्याधुनिक प्रविधियुक्त स्मार्टफोनहरुप्रतिको आकर्षण विश्वव्यापी रुपमा बढ्दो छ ।

    images
    images

    चाहे आफ्नो जीवनका अमूल्य पलहरू कैद गर्न होस् वा लेटेस्ट प्रविधिको प्रयोगका लागि होस्, सबैले अत्याधुनिक प्रविधियुक्त र जोडदार क्यामेरा भएको उत्कृष्ट स्मार्टफोन खोज्छन् ।

    राम्रो फोटो खिच्न, आफ्ना साथीभाई आफन्तसँग राम्रोसँग भिडियो कल गर्न या अहिलेको व्यस्त जीवनशैली सुहाउँदो ग्याजेट चलाउन चाहनकै लागि भए पनि मानिसहरुले नयाँ किन्ने स्मार्टफोनमा क्यामेरा चाँहि उत्कृष्ट नै खोज्छन् ।

    ग्राहकहरुको यहि माग र चाहनालाई सम्बोधन गर्न अहिले बजारमा रियलमीको रियलमी सि ५३ उपलब्ध छ । रियलमी सि ५३ मा १०८ मेगापिक्सेलको अल्ट्रा–क्लियर क्यामेरा रहेको छ जुन यो मूल्यमा पाउने फोनहरुमध्य सबैभन्दा धेरै हो । यदि तपाई कम मूल्यमा राम्रो क्यामेरा भएको फोन खोज्दै हुनुहुन्छ भने रियलमी सि ५३ सहि रोजाइ हो ।

    बेजोड फोटोग्राफीः

    यसमा भएको सबैभन्दा ठूलो क्यामेरा सेन्सरले फोटोमा हरेक रंगहरू प्रष्ट देखाउनुका साथै कम उज्यालोमा पनि सानो–सानो डिटेलसहित फोटो खिच्दछ । साथै यसको ३ टाईम्स इन् सेन्सर जूमले कुनै तस्बिरहरु जूम गर्नुपर्‍यो भने पनि १०० प्रतिशत रिजोलुुसनमा फोटो खिच्न सक्छ ।

    रियलमीको सी सिरिजमा यो फिचर भएको रियलमी सि ५३ पहिलो मोडल हो । १०८ एमपिको क्यामरा भए पनि यसको फोटो प्रोसेसिङ टाईम कम भएकोले फुल रेजोलुसनमा खिच्दा पनि समय लाग्दैन । साथै यसमा भएको ०।३ एमपिको क्यामराले सुन्दर पोट्रेट सटहरु लिन्छ भने सेल्फीको लागि ८ एम पिको क्यामरा राखिएको छ जसले तपाईको सेल्फी गेम खतरा बनाउँछ ।

    उत्कृष्ट डिजाइनः

    रियलमी सि ५३ को क्यामरा मात्र हैन , डिजाइन पनि उत्कृष्ट छ । अल्ट्रा–स्लिम र प्रिमियम डिजाइन रहेको यस रियलमी सि ५३ कम्प्याक्ट र हलुका तौलको छ । जसले गर्दा यो स्मार्टफोन ग्राहकहरूका लागि उत्कृष्ट विकल्प बन्न पुगेको छ । शक्तिसाली ब्याट्री र दमदार पर्फर्मेन्स ५ हजार एमएएचको शक्तिशाली ब्याट्री र १८ वाटको फास्ट चार्जरसहित आउने यस रियलमी सि ५३ मा दिनभरी आरामसँग भिडियो हेर्न अथवा गेम खेल्न मिल्छ ।

    रियलमी सि ५३ मा बलियो युनिसक टाइगर टि ६१२ अक्टाकोर प्रोसेसर राखिएको छ भने स्टोरेज अप्सन चाँही ६ं१२८ जिबिको रहेको छ । ६.७४ इन्चको फुल एचडी डिस्प्ले, ९० हर्ट्जको रिफ्रेस रेट र ५६० निट्स ब्राइटनेस भएको यो रियलमी सि ५३ गेम खेल्न पनि उपयुक्त छ ।

    च्याम्पियन गोल्ड र च्याम्पियन ब्ल्याक जस्ता आकर्षक रङहरुमा उपलब्ध रहेको छ यस रियलमी सि ५३ को मूल्य भने मात्र १६ हजार ४९९ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार