images
images

मण्डला नाटकघरमा नाटक ‘अन्धवेग’ नियमित मञ्चन

मण्डला नाटकघरमा नाटक ‘अन्धवेग’ नियमित मञ्चन

शनिवार, फागुन १९ २०८०
शनिवार, फागुन १९ २०८०
  • मण्डला नाटकघरमा नाटक ‘अन्धवेग’ नियमित मञ्चन

    काठमाडौँ / थापागाउँस्थित मण्डला नाटकघरमा नाटककार बालकृष्ण समले लेखेका नाटक ‘अन्धवेग’ को मञ्चन सुरु भएको छ । फागुन १८ गतेदेखि सुरु भएको उक्त नाटक आगामी चैत १८ सम्म मञ्चन हुनेछ । 

    images
    images
    सन् १९९६ मा प्रकाशित दुखान्त नाटक यौन मनोविज्ञानमा आधारित नाटकलाई कलाकार प्रवीण खतिवडाले आफ्नो निर्देशनमा तयार गरेका हुन् । 
     
    “पुरानो नाटकलाई प्राथमिकता दिनुपर्छ भनेर मैले नाटककार समको नाटक रोजेको हुँ, पारिवारिक कथामा आधारित यस नाटकमा क्षणिक आवेगले निम्त्याएको दूषपरिणामलाई देखाइएको छ”, निर्देशक खतिवडाले भने। 
     
    सामाजिक कथावस्तु समेटिएको नाटकका मुख्य पात्र पम्फा, गरुणध्वज र जयवीर हुन् । पम्फा र गरुणध्वज पतिपत्नी हुन् ।
     
    उनीहरूको जीवनमा तेस्रो पात्र जयवीरको प्रवेशपछि पारिवारिक सम्बन्धमा आइपर्ने उतारचढाव नाटकको मुख्य विषयवस्तु हो ।
     
    यसमा अनुप न्यौपाने, प्रमिला खनाल, सुवास तिम्सिना, सङ्गीता थापा, बारात लिम्बू, शारदा अधिकारी, सुन्दर धिताल, केशवजङ्ग शाही, सन्देश कार्की, सन्तोष गिरी लगायतले अभिनय गरेका छन्। ‘अन्धवेग’सँगै मण्डला नाटकघरको योजनाअनुसार अन्य छ नाटक पनि लगातार मञ्चन हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार