images
images

ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

सोमवार, फागुन २१ २०८०
सोमवार, फागुन २१ २०८०
  • ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

    काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । 

    images
    images

    बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र बन्दिपुर गाँउपालिका–६, साराङ्गघाटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । 

    यी दुई नयाँ शाखा रहित बैंकिङ्ग सेवाको सञ्चालनसगैं बैंकका शाखा रहित बैंकिङ्ग सेवाको संख्या २७७ पुगेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

    बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ७७ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सयभन्दा बढि सेवा केन्द्र रहेका छन । 

    ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । 

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार