काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चार जनालाई सरकारमा पठाउने निर्णय गरेको छ । रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको नाम टुंगो लगाएको हो ।
उपप्रधान तथा गृह मन्त्रालयसहित रास्वपाले चार मन्त्रालयमा दाबी गरेको थियो।
रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । उपसभापति डोलप्रसाद अर्याल विनाविभागीय रूपमा सरकारमा सहभागी भइसकेका छन् ।