images
images

अमेरिकी डलरको भाउ स्थिर हुँदा कुन देशको मुद्राको भाउ कति पुग्यो ?

अमेरिकी डलरको भाउ स्थिर हुँदा कुन देशको मुद्राको भाउ कति पुग्यो ?

सोमवार, फागुन २८ २०८०
सोमवार, फागुन २८ २०८०
  • अमेरिकी डलरको भाउ स्थिर हुँदा कुन देशको मुद्राको भाउ कति पुग्यो ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । सोमबार पनि आइतबारकै मूल्यमा अमेरिकी डलर खरिद बिक्री गर्न सकिनेछ । आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ १६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

    images
    images

    युरोपियन युरोको भाउ भने आज सामान्य बढेको छ । यसअघि एकको खरिद मूल्य १४४ रुपैयाँ ५० पैसा र बिक्री मूल्य १४५ रुपैयाँ १६ पैसा तोकिएको युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ५७ पैसा र बिक्रीमा १४५ रुपैयाँ २३ पैसा पर्नेछ । 

    त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६९ रुपैयाँ ९४ पैसा र बिक्रीमा १७० रुपैयाँ ७२ पैसा पर्नेछ । 

    अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६० पैसा बिक्री दर ८७ रुपैयाँ ९९ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९ रुपैयाँ ३ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४० पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३० पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४६ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार